मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा १ अर्ब बढीले उकालियो

  • Technology Khabar | ३० फाल्गुन २०८२, शनिबार
मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा १ अर्ब बढीले उकालियो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम बढेको छ भने सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ। कार्तिकबाट मंसिर मसान्तसम्म आइपुग्दा कारोबार सङ्ख्या र रकम दुवै बढेको थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ माघ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्यामा गिरावट र रकममा उल्लेख्य बढोत्तरी आएको पाइएको हो।

पुसमा मोबाइल बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ६ करोड ८२ लाख ५६ हजार २६० रहेको थियो। पुस मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा ९ लाख १ हजार १९२ घटेर समग्रमा ६ करोड ७३ लाख ५५ हजार ६८ मा आइपुगेको छ।

कारोबार रकम गत पुसमा ५ खर्ब ५७ अर्ब ४८ करोड ४० लाख थियो। पुस मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा १ अर्ब १ करोड ५० लाख रुपैयाँले बढेर समग्रमा ५ खर्ब ५८ अर्ब ४९ करोड ९० लाखमा पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ३० फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...