२०२५ मा भारतीय ट्याब्लेट बजार संकुचित, लेनोभो र शाओमीको मात्र वृद्धि

  • Technology Khabar | ३० फाल्गुन २०८२, शनिबार
२०२५ मा भारतीय ट्याब्लेट बजार संकुचित, लेनोभो र शाओमीको मात्र वृद्धि
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

२०२५ मा, भारतको ट्याब्लेट बजार २०२४ को तुलनामा २१.७ प्रतिशतले संकुचित भएको छ भने ४.४ मिलियन ढुवानी व्यवस्थापन गरेको आईडीसीको नयाँ रिपोर्टले उल्लेख गरेको छ।

साथै उक्त अवधिमा लेनोभो र शाओमी मात्र वृद्धि गर्ने ब्रान्डहरू भएको रिपोर्टले थप उल्लेख गरेको छ। सामसङले २०२५ मा ३७.२ प्रतिशत हिस्सा र १.६ मिलियन ढुवानीका साथ शीर्ष स्थानमा रहेको छ भने त्यसपछि लेनोभोले ६६६,००० ढुवानीका साथ दोस्रो स्थानमा रहेको छ। लेनोभोले २८.९ प्रतिशतको साथ वर्षिक रुपमा सबैभन्दा बढी वृद्धि गरेको छ।

तेस्रो स्थानमा रहेको शाओमीले १२.१ प्रतिशतले वृद्धि गरेको र ५७६,००० ढुवानीका साथ १२.८ प्रतिशत बजार हिस्सा ओगटेको छ। त्यसपछि ५४०,००० ढुवानी र १२ प्रतिशत बजार हिस्साको साथ एप्पल चौथो स्थानमा रहेको छ।

तर, एप्पलको बिक्री वर्षिक रुपमा १४ प्रतिशतले घटेको छ। एसर ३३५,००० ढुवानी र ७.५ प्रतिशत बजार हिस्साका साथ पाँचौं स्थानमा रहेको छ। तर २०२४ को तुलनामा यो ६८.८ प्रतिशतले घटेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यदि २०२५ को चौथो त्रैमासिकलाई मात्र हेर्ने हो भने सामसङ र लेनोभो अझै पनि अग्रणी स्थानमा छन् भने २०२४ को चौथो त्रैमासिकको तुलनामा एप्पल तेस्रो, शाओमी चौथो र ह्विस्टेल पाँचौं स्थानमा रहेको छन् र उक्त अवधिमा २९२.७ प्रतिशतको वृद्धि भएको उल्लेख गरिएको छ। लेनोभो ५६.५ प्रतिशत र शाओमीले ३०.८ प्रतिशतले वृद्धि गरेका छन्।

“५जी, एआई–सक्षम उत्पादकता सुविधाहरू र स्मार्ट नोट–टेकिङ क्षमताहरूको एकीकरणले मिडिया खपतभन्दा बाहिर ट्याब्लेटहरूलाई दैनिक उत्पादकतातर्फ स्थान दिइरहेको छ। नोटबुकको मूल्य बढ्दै जाँदा विशेष गरी छुट्याउन मिल्ने ट्याब्लेटहरू विद्यार्थी र युवा पेशेवरहरूका लागि व्यावहारिक, लागत–प्रभावी विकल्पको रूपमा उभरिरहेका छन्” आईडीसी इन्डिया र साउथ एशियाका अनुसन्धान विश्लेषक प्रियांश तिवारीले बताए।

प्रकाशित: ३० फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार