आईकू जेड११एक्स ५जी डाइमेन्सिटी ७४०० टर्बो एसओसी र ७,२००एमएएच ब्याट्रीको साथ अनावरण

  • Technology Khabar | ३० फाल्गुन २०८२, शनिबार
आईकू जेड११एक्स ५जी डाइमेन्सिटी ७४०० टर्बो एसओसी र ७,२००एमएएच ब्याट्रीको साथ अनावरण
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आईकूले भारतमा आफ्नो नयाँ जेड–सिरिज स्मार्टफोनको आधिकारिक घोषणा गरेको छ। आईकू जेड११एक्स ५जी गत वर्षको जेड१०एक्स ५जी को उत्तराधिकारी हो र डिभाइसमा ठूलो ब्याट्रीको साथ अन्य सुधारहरू सहित अपग्रेड गरिएको चिपसेट समावेश गरिएको छ।

ह्यान्डसेटले ६.७६ इन्चको एलसीडी प्यानल समावेश गरिएको छ। उक्त प्यानलले फुल–एचडी+ रेजोल्युसन, उच्च ब्राइटनेस मोडमा १,२०० निट्स सम्मको ब्राइटनेस र १२० हर्जको रिफ्रेस रेट प्रदान गर्दछ।

यो डिभाइसमा अक्टा–कोर मिडियाटेक डाइमेन्सिटी ७४०० टर्बो चिपसेटको साथमा ८जीबी सम्मको एलपीडीडीआर४एक्स र्याम र २५६जीबी सम्मको यूएफएस ३.१ स्टोरेज समावेश गरिएको छ।

आईकू जेड११एक्स ५जी मा ५० मेगापिक्सेलको प्राइमरी सोनी क्यामरा र २ मेगापिक्सेलको डेप्थ युनिटसहितको डुअल–रियर क्यामरा सेटअप रहेको छ। सेल्फीहरूको लागि, फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ।

डिभाइसमा ४४वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्ने ७,२००एमएएच ब्याट्री समावेश गरिएको छ। आईकू जेड११एक्स ५जी मा साइड–माउन्ट गरिएको फिङ्गरप्रिन्ट स्क्यानर, इन्फ्रारेड सेन्सर र यूएसबी टाइप–सी पोर्ट पनि समावेश गरिएको छ। कनेक्टिभिटीको लागि,ङ्ग वाई–फाई ६, ५जी, जीपीएस र ब्लुटुथ ५.४ सहितको डुअल सिम उपलब्ध हुने उल्लेख गरिएको छ।

डिभाइस एन्ड्रोइड १६–आधारित ओरिजिनओएस ६ मा चल्ने र २ वर्षको ओएस अपग्रेडका साथै ४ वर्षको सुरक्षा प्याचहरू प्राप्त गर्नेछ।

आईकू जेड११एक्स ५जी प्रिज्म्याटिक ग्रीन र टाइटन ब्ल्याक रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ। यो फोन मार्च १६ देखि अमेजन र आधिकारिक आईक्यू भारत अनलाइन स्टोर मार्फत बिक्री गरिने छ।

डिभाइसको ६जीबी/१२८जीबी भेरियन्टको मूल्य १८,९९९ भारतीय रुपैयाँ (२०५ अमेरिकी डलर) कायम गरिएको छ भने ८जीबी/१२८जीबी मोडेलको मूल्य २०,९९९ भारतीय रुपैयाँ (२२५ अमेरिकी डलर) पर्नेछ। साथै, ८जीबी/२५६जीबी विकल्पको मूल्य २२,९९९ भारतीय रुपैयाँ (२५० अमेरिकी डलर) पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार