नागरिक एपमा अब इमेल ओटीपीको सुविधा, विदेशबाट पनि लगइन गर्न मिल्ने

  • Technology Khabar | २९ फाल्गुन २०८२, शुक्रबार
नागरिक एपमा अब इमेल ओटीपीको सुविधा, विदेशबाट पनि लगइन गर्न मिल्ने

काठमाडौं ।

नागरिक एपमा नयाँ अपडेट आएको छ जस अनुसार अब प्रयोगकर्ताले लगइन गर्दा एकपटक प्रयोग हुने पासवर्ड अर्थात् ओटीपी मोबाइल एसएमएस बाहेक इमेलमा पनि आउने भएको छ।

मोबाइलमा मात्र ओटीपी आउँदा रजिस्टर गरेको सिम नै चलाएको हुनुपर्ने र सोही डिभाइसमार्फत् मात्र यो सेवा प्रयोग गर्न सकिन्थ्यो।

अब ईमेलमा समेत ओटीपी आउने नयाँ व्यवस्थापछि भने प्रयोगकर्ताले विश्वका जुनसुकै कुनाबाट पनि इन्टरनेटमार्फत् ओटीपी प्राप्त गरी सेवा प्राप्त गर्न सक्ने भएका हुन्।

तर यसका लागि पहिलोपटक इमेल भेरिफिकेसन भने नेपालमै हुँदा पूरा गर्नुपर्छ। हालसम्मका लागि एकैपल्ट विदेशबाट ईमेल भेरिफिकेशन गरेर ओटीपी अपेक्षा गर्न सकिँदैन।

प्रकाशित: २९ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार