भिभो वाई५१ प्रो ५जी सार्वजनिक; फोनमा ७,२००एमएएच ब्याट्री, आईपी६९ रेटिङ समावेश

  • Technology Khabar | २९ फाल्गुन २०८२, शुक्रबार
भिभो वाई५१ प्रो ५जी सार्वजनिक; फोनमा ७,२००एमएएच ब्याट्री, आईपी६९ रेटिङ समावेश
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

भिभोले भारतमा वाई५१ प्रो ५जी नामक नयाँ वाई–सिरिजको स्मार्टफोन लन्च गरेको छ। यो ह्यान्डसेट गत वर्ष सेप्टेम्बरमा डेब्यु गरिएको भिभो वाई५१ प्रो ५जीको उत्तराधिकारी हो। नयाँ मोडेल मिडियाटेक डाइमेन्सिटी ७३६०–टर्बो चिपसेटद्वारा संचालित छ र डिभाइसमा ७,२००एमएएच ब्याट्री समावेश गरिएको छ।

भिभो वाई५१ प्रो ५जी मा ६.७५ इन्चको एलसीडी डिस्प्ले छ र उक्त डिस्प्लेले १२०हर्जको रिफ्रेस रेट र एचडी+ रिजोल्युसन प्रदान गर्दछ।

डाइमेन्सिटी ७३६०–टर्बो चिपसेटलाई ८जीबी सम्मको एलपीडीडीआर४ एक्स र्याम र २५६जीबी सम्मको आन्तरिक यूएफएस ३.१ स्टोरेजको साथ कन्फिगर गर्न सकिन्छ।

स्मार्टफोनमा ४४ वाट फास्ट चार्जिङ समर्थन गर्ने ७,२००एमएएच ब्याट्री समावेश गरिएको छ। फोनले आईपी६८ र आईपी६९ वाटर एण्ड डस्ट रेसिस्टेन्स (धुलो र पानी प्रतिरोध) रेटिङहरू पनि प्रदान गर्दछ भने एन्ड्रोइड १६–आधारित ओरिजिनओएस ६ मा चल्ने उल्लेख गरिएको छ।

भिभो वाई५१ प्रो ५जी मा डुअल–रियर क्यामरा सेटअप रहेको छ। उक्त क्यामरा सेटअपमा ५० मेगापिक्सेलको प्राथमिक सेन्सर र २ मेगापिक्सेलको डेफ्थ युनिट रहेको छ। सेल्फी र भिडियो कलहरूको लागि ह्यान्डसेटमा ८ मेगापिक्सेलको क्यामरा पनि रहेको छ।

यो स्मार्टफोन साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, स्टेरि

फोनको मोटाई ७.८एमएम र तौल २१९ ग्राम रहेको छ। यो स्पिकर, वाई–फाई ६, ब्लुटुथ ५.४, जीपीएस र डुअल सिमको साथ आउँछ।यो फेस्टिभ रेड र नोबल गोल्ड रङ्गहरूमा उपलब्ध छ।

भिभो वाई५१ प्रो ५जीको ८जीबी/१२८जीबी मोडेलको मूल्य २४,९९९ (२७० अमेरिकी डलर) बाट सुरु हुन्छ भने ८जीबी/२५६जीबी विकल्पको मूल्य २७,९९९ (३०५ अमेरिकी डलर) कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...