१ लाख घरधुरीमा जोडियो वाई-फाई नेपालको इन्टरनेट

  • Technology Khabar | २७ फाल्गुन २०८२, बुधबार
१ लाख घरधुरीमा जोडियो वाई-फाई नेपालको इन्टरनेट

काठमाडौं ।

सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई-फाई नेपाल’ ले १ लाख परिवारलाई जोडेको छ।

मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ।

नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाई-फाई नेपाल देशभर १०० भन्दा बढी शहरहरूमा विस्तार भइसकेको छ भने ४० भन्दा बढी सम्पर्क कार्यालयहरू मार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गरिरहेको छ।

२०२६ मा तीन वर्ष पूरा गरेको कम्पनीले देशभर ५०० भन्दा धेरै कर्मचारीहरू मार्फत आफ्नो विस्तारित सेवालाई अझ प्रभावकारी बनाइरहेको छ।

वाई-फाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्र नभई एक ‘डिजिटल साथी’ को रूपमा चिनाउँदै आएको छ र सहजरुपमा इन्टरनेट उपभोग गर्न कठिन परिवारहरूलाई सेवाको केन्द्रमा राखेको छ।

सस्तो तथा सुलभ दरमा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै वाई(फाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्योगीरव्यवसायी तथा विद्यार्थीहरूको विश्वास जित्न सफल भएको छ।

छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो।२०२५ मा वाई-फाई नेपाल आफ्नो बलियो उपस्थितिका साथ नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा पर्न सफल भएको थियो।

कम्पनीको दावी अनुसार १ लाख ग्राहक जोडिनुले ग्राहकहरूको वाई-फाई नेपाल प्रतिको माया र विश्वास दर्शाउँछ। प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले भने “ग्राहक महानुभावहरूले वाई-फाई नेपाल प्रति देखाउनुभएको माया र विश्वासका लागि हामी कृतज्ञ छौं। यो सफलताले हामीलाई हाम्रो सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हौसला प्रदान गरेको छ।”

प्रकाशित: २७ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार