
काठमाडौं ।
भारतमा लगातार १० वर्षदेखि नम्बर १ बिक्री हुने १२५ सीसी स्कुटर सुजुकी एक्सेस १२५ नेपालमा देखिएको खबर बाहिर आएको छ। स्रोतका अनुसार एक्सेस १२५ को केही युनिट हालै नेपाल आइपुगेको र चाँडै बजारमा सार्वजनिक हुन सक्ने संकेत देखिएको छ।
कम्पनीका अनुसार सुजुकी एक्सेस १२५ आफ्नो विश्वसनीयता, स्मूथ इन्जिन र उत्कृष्ट माइलेज का कारण भारतमा निकै लोकप्रिय स्कुटर मानिन्छ। यसमा प्रयोग भएको १२४ सीसी इन्जिन ले राम्रो पावर र इन्धन दक्षता दुवै प्रदान गर्छ, जसले दैनिक प्रयोगका लागि यसलाई उपयुक्त बनाउँछ।
आरामदायी सिट, हल्का डिजाइन, सहज ह्यान्डलिङ र ठूलो अन्डर–सिट स्टोरेज जस्ता विशेषताले पनि एक्सेस १२५ लाई ग्राहकहरूबीच लोकप्रिय बनाएको छ।
यसका साथै, एसर फास्टर अवार्ड्स २०२६ मा सुजुकी एक्सेस १२५ ले “स्कूटर अफ द इयर” अवार्ड समेत जितिसकेको छ।
नेपालमा यसको आधिकारिक घोषणा भने अझै भएको छैन। तर स्कुटर नेपालमा देखिनुका आधारमा निकट भविष्यमा यसको औपचारिक लन्च हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित: २७ फाल्गुन २०८२, बुधबार