
काठमाडौं ।
वानप्लस १५टी यो महिना चीनमा अनावरण गरिने भएको छ। लन्च हुनुभन्दा अगाडि, कम्पनीले डिभाइसको बारेमा प्रमुख विवरणहरू टिज गरिरहेको छ। कम्पनीले अब आधिकारिक रूपमा डिभाइसको डिजाइन र रङ विकल्पहरूको खुलासा गरेको छ।
वेईबोमा साझा गरिएको तस्बिरमा वानप्लसले आगामी फोनको डिजाइन प्रदर्शन गरेको छ। वानप्लस १५टी डिजाइनको हिसाबले आफ्नो पूर्ववर्ती १३टी सँग धेरै हदसम्म समान रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
फोनको माथिल्लो बायाँ कुनामा मोड्युल भित्र राखिएको डुअल रियर क्यामरा सेटअप रहेको छ। डिभाइसले म्याट–फिनिश रियर प्यानल पनि प्राप्त गरेको छ। टिजरले यो डिभाइस नयाँ हरियो र खैरो रङ्ग विकल्पहरूमा उपलब्ध हुने खुलासा गरेको छ।
वानप्लस १५टीमा स्लिम किनारासहितको ६.३२–इन्चको एएमओएलईडी डिस्प्ले, अपग्रेड गरिएको पेरिस्कोप टेलिफोटो क्यामरा, थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर, धुलो र पानी प्रतिरोधको लागि आईपी ६९के रेटिङ सहित ७,५००एमएएच ब्याट्री समावेश गरिने पुष्टि गरिएको छ। यो ह्यान्डसेटमा स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी पनि हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २७ फाल्गुन २०८२, बुधबार