जापानले २६ गीगाहर्जमा फाइभजी स्पेक्ट्रम लिलामीको लागि आवेदनहरू माग्यो

  • Technology Khabar | २६ फाल्गुन २०८२, मंगलवार
जापानले २६ गीगाहर्जमा फाइभजी स्पेक्ट्रम लिलामीको लागि आवेदनहरू माग्यो

काठमाडौं ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय (एमआईसी) ले ५जी को विस्तारलाई समर्थन गर्ने उद्देश्यले २६ गीगाहर्ज ब्यान्डमा स्पेक्ट्रमको लागि मूल्यमा-आधारित बितरण प्रक्रियामा भाग लिनको लागि आवेदन अवधि खोलेको छ।

मन्त्रालयले १० मार्च २०२६ देखि ९ अप्रिल २०२६ सम्म आवेदनहरू स्वीकार गरिने र क्षेत्रीय सञ्चार ब्यूरो वा ओकिनावा जनरल कम्युनिकेसन कार्यालयमा दायर गर्न सकिने बताएको छ।

यो लिलामीले २५.८–२६.२ गीगाहर्ज र २६.८–२७ गीगाहर्जको दायराहरूमा फ्रिक्वेन्सीहरू समेट्छ। जसअन्तरगत २५.८–२६.२ गीगाहर्ज दायरामा स्पेक्ट्रम राष्ट्रव्यापी प्रयोगको लागि वितरण गरिनेछ। यस्तै २६.८–२७ गीगाहर्ज दायरामा स्पेक्ट्रम नगरपालिका स्तरमा तोकिनेछ, जसले स्थानीय ५जी तैनाथीको लागि अनुमति दिनेछ।

२६ गीगाहर्जमा फाइभजी स्पेक्ट्रम लिलामीअन्तरगत राष्ट्रव्यापी लाइसेन्स ब्लकको लागि ३.९३ अर्ब जापानी येन न्यूनतम बोली रकम तोकिएको छ।

हालका राष्ट्रव्यापी अपरेटरहरूले ३९३ मिलियन येन ग्यारेन्टी निक्षेप बुझाउनु पर्छ भने अन्य आवेदकहरूले लगभग ५८९.८ मिलियन येनसम्म प्रदान गर्न आवश्यक पर्न सक्छ।

आवेदन अप्रिल ९ तारिखसम्म दिन सकिने उल्लेख छ।

प्रकाशित: २६ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार