एम सिक्स चिप र टचस्क्रिन भएको म्याकबुक अल्ट्रा यो वर्ष आउने अनुमान

  • Technology Khabar | २६ फाल्गुन २०८२, मंगलवार
एम सिक्स चिप र टचस्क्रिन भएको म्याकबुक अल्ट्रा यो वर्ष आउने अनुमान
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले यो वर्षको उत्तरार्धमा टचस्क्रिन ओएलईडी डिस्प्ले र एम ६–सिरिज चिपसहितको नयाँ म्याकबुक प्रो मोडेलहरू लन्च गर्ने अपेक्षा गरिएको छ।

आगामी लाइनअपले सुरुमा हालै लन्च गरिएका एम५ प्रो र एम५ म्याक्स म्याकबुक प्रो मोडेलहरूलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको थियो। तर ब्लूमबर्गका मार्क गर्मनले त्यस्तो नहुन सक्ने बताएका छन्। गर्मनले आगामी म्याकबुकले अल्ट्रा मोनिकर (नाम) राख्न सक्ने र एम ५ प्रो र एम ५ म्याक्स म्याकबुक भन्दा माथि बस्न सक्ने सुझाव दिएका छन्।

एप्पलले अल्ट्रा ब्रान्डिङ अपनाउने वा परम्परागत प्रो नाम नै कायम राख्ने भन्ने बारेमा भने निश्चितता नभएको र आगामी ल्यापटप उच्च मूल्य ट्यागको साथ आउने अपेक्षा गरिएको गर्मनले बताएका छन्।

विश्लेषकका अनुसार, नयाँ ओएलईडी टचस्क्रिन म्याकबुकहरूको मूल्य २० प्रतिश्त सम्म बढ्न सक्ने उल्लेख गरिएको छ।

एप्पलले विभिन्न मूल्य बिन्दुहरूमा विकल्पहरू सहित आफ्नो लाइनअप विस्तार गर्ने योजना बनाइरहेको गुर्मनले थप बताए। कम्पनीले हालै ५९९ अमेरिकी डलरको सुरुवाती मूल्यको साथ थप किफायती म्याकबुक नियो प्रस्तुत गरेको छ र यस्तै स्तरीय रणनीति अर्काे हाई–इण्ड म्याकबुक प्रस्तावहरूमा पनि विस्तार हुन सक्ने उल्लेख छ।

टचस्क्रिन भएका नयाँ ओएलईडी म्याकबुकहरू सन् २०२६ को चौथो त्रैमासिकमा लन्च हुनसक्ने बताइएको छ।

प्रकाशित: २६ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार