
काठमाडौं ।
माइक्रोसफ्टको गेमिङका नयाँ निर्देशक आशा शर्माले आधिकारिक रूपमा अर्को एक्सबक्स कन्सोलमा काम सुरु भएको घोषणा गरेकि छन्।
प्रोजेक्ट हेलिक्स कोडनेम अन्तर्गत विकास भइरहेको नयाँ कन्सोलले आफ्नो उच्च प्रदर्शनको साथ बजारको नेतृत्व गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले यो परियोजनाको साथ गेमिङ उद्योगमा नयाँ अध्याय खोल्ने लक्ष्य राखेको छ। एक्सबक्स गेम्स मात्र नभई नयाँ कन्सोलको मुख्य विशेषता भनेको पीसी गेम्स पनि पूर्ण रूपमा खेल्ने सकिने क्षमता भएको उल्लेख गरिएको छ।
त्यसैगरी खेलाडीहरूलाई उनीहरूको लाईब्रेरीहरू अझ व्यापक रूपमा प्रयोग गर्ने अवसर प्राप्त हुने बताइएको छ। परियोजनाको बारेमा थप विस्तृत जानकारी र साझेदारहरूसँगको कुराकानी अर्को हप्ता जीडीसी सम्मेलनमा प्रस्तुत गरिनेछ।
अर्कोतर्फ, प्लेस्टेशन एक्सक्लुसिभहरू यो कन्सोलमा काम गर्ने सम्भावना कम भएको विज्ञहरूले औंल्याएका छन्।
ब्लूमबर्गका अनुसार, सोनीले भविष्यमा आफ्नो पीसी गेम रिलीजहरूमा कटौती गर्ने योजना बनाएको छ। तसर्थ भविष्यका प्रोजेक्ट हेलिक्स मालिकहरूले केही प्रतिबन्धहरूको सामना गर्नु पर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ फाल्गुन २०८२, मंगलवार