अष्ट्रेलियामा खनिज प्रशोधन र वैज्ञानिक अनुसन्धानमा नवीनतम पहल सुरु

  • Technology Khabar | २३ फाल्गुन २०८२, शनिबार
अष्ट्रेलियामा खनिज प्रशोधन र वैज्ञानिक अनुसन्धानमा नवीनतम पहल सुरु

काठमाडौं ।

अष्ट्रेलियन सरकारले देशको महत्वपूर्ण खनिज प्रशोधन उद्योगलाई प्रवद्र्धन गर्न नयाँ अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। उद्योग तथा नवप्रवर्तनमन्त्री टिम एयर्स र स्रोत मन्त्री म्याडेलिन किङले संयुक्त रूपमा ५३ लाख अष्ट्रेलियन डलरको प्रारम्भिक कोष उपलब्ध गराउने जानकारी दिएका छन्।

यो नयाँ अनुसन्धान केन्द्रले उच्च मूल्यका खनिज, नयाँ प्रविधि र दिगो प्रशोधन विधिहरूमा अनुसन्धान र व्यावसायिकरणलाई प्राथमिकता दिनेछ। एयर्सले भने, “अष्ट्रेलियाका पीढीहरूले यस महादेशको समृद्ध स्रोत सम्पदाबाट लाभ उठाएका छन्, तर खनिज प्रशोधनको अर्को अध्यायका लागि नयाँ प्रविधि, नयाँ औद्योगिक क्षमता र नयाँ साझेदारी आवश्यक छ।”

यो पहलमा ४३ व्यवसायिक संस्था, ११ अनुसन्धान संस्था र ४ प्रमुख उद्योग संगठनहरू सहभागी छन्, जसले मिलेर १८५ लाख अष्ट्रेलियन डलरको योगदान दिने प्रतिबद्धता जनाएका छन् । अनुसन्धान केन्द्रले नयाँ प्रविधि विकास, व्यवसायिक क्षमता वृद्धि र दिगो खनिज प्रशोधनलाई सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

विशेषज्ञहरूले यस पहलले अष्ट्रेलियाको खनिज उद्योगमा रोजगारी सिर्जना, नवप्रवर्तन र उत्पादनशीलता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। यसले देशलाई खनिज प्रशोधन क्षेत्रमा प्रविधिमा अग्रणी बनाउने मात्र नभई दीर्घकालीन आर्थिक विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि मजबुत स्थिति दिलाउने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २३ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...