बीएमडब्ल्यूले नयाँ आई३ मोडेल अनावरण गर्ने

  • Technology Khabar | २३ फाल्गुन २०८२, शनिबार
बीएमडब्ल्यूले नयाँ आई३ मोडेल अनावरण गर्ने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

बीएमडब्ल्यूले लामो समयदेखि प्रतिक्षा गरिएको आई३ इलेक्ट्रिक मोडेल मार्च १८ मा आधिकारिक रूपमा अनावरण गर्ने घोषणा गरेको छ।

नयाँ इलेक्ट्रिक प्लेटफर्ममा निर्मित यो गाडीलाई पेट्रोल वा डिजेल इन्जिन बिनाको ३ सिरिजको इलेक्ट्रिक संस्करण मान्न सकिने बताइएको छ भने परम्परागत इन्जिन संस्करण वर्षको उत्तरार्धमा प्रस्तुत गरिने टेलिग्राफले रिपोर्ट गरेको छ।

बीएमडब्ल्यूले इन्स्टाग्राम पोस्टमा गाडीको अगाडिको फेसियाको तस्बिरहरू प्रकाशित गरेको र गाडीको अगाडिको बत्तीहरूको रोचक खेल देख्न सकिने छ।

बीएमडब्ल्यू ब्रान्डिङ (“ब्युरेक्स” वा ग्रिलहरू) ग्रिलमा नयाँ तरिकाले एकीकृत गरिएको र हेडलाइटहरूलाई घेरेको बताइएको छ भने लाइट इफेक्टहरू सहित डिजाइन ट्रेण्डहरू पछ्याएर ग्राहकहरूको ध्यान आकर्षित गर्ने लक्ष्य राखेको देखिन्छ।

डिजाइन र प्रविधिको सन्दर्भमा आई३ को क्याबिनले बीएमडब्ल्यू आईएक्स३ इलेक्ट्रिक एसयूभी जस्तै इलिमेण्टहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ र त्यसमा विन्डशील्डको लोअर हाफसम्म फैलिएको ठूलो सूचना प्रणाली समावेश हुनेछ।

आई३ ले आईएक्स३ मा प्रस्ताव गरिएका मोडेलहरूलाई विद्युतीय प्रविधिको हिसाबले पछ्याउनेछ भने आईएक्स३ को ५० एक्सड्राइभ संस्करणमा ४६२ हर्सपावर, ६५० एनएम टर्क रहेको र केवल ४.९ सेकेन्डमा ० १०० किमी÷घण्टाको गति पकड्ने उल्लेख गरिएको छ।

१०८.९ किलोवाटआवर ब्याट्रीले ४०० किलोवाट सम्मको चार्जिङलाई समर्थन गर्दछ भने ४०० भी र ८०० भी चार्जरहरूसँग उपयुक्त हुनेछ। त्यसैगरी स्ट्याण्डर्ड संस्करणको अतिरिक्त एम पदनाम भएको उच्च–प्रदर्शन संस्करण पनि प्रस्ताव गरिने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...