एटीएण्डटीले सार्वजनिक गर्यो क्लाउड, आईओटी र स्मार्ट उत्पादनसँग सम्बन्धित नयाँ समाधान

  • Technology Khabar | २३ फाल्गुन २०८२, शनिबार
एटीएण्डटीले सार्वजनिक गर्यो क्लाउड, आईओटी र स्मार्ट उत्पादनसँग सम्बन्धित नयाँ समाधान

काठमाडौं ।

अमेरिकी टेलिकम कम्पनी एटीएण्डटीले क्लाउड, आईओटी र स्मार्ट उत्पादनसँग सम्बन्धित नयाँ समाधान सार्वजनिक गरेको छ। यसले उद्यम कनेक्टिभिटीमा थप मूल्य थप्ने कम्पनीको प्रयासलाई अघि बढाएको छ।

अमेजन वेमो सर्भिसेज (एडब्लूएस) सँग एटीएण्डटीको साझेदारीले नयाँ आयाम लिएको छ। गत महिना क्लाउड माइग्रेसन, फाइबर र स्याटेलाइटसम्बन्धी विभिन्न परियोजनामा विस्तार गरिएको यो सहकार्य अब थप सेवासम्म पुगेको टेलिकम्स डटकमले उल्लेख गरेको छ।

एटीएण्डटीले अब उद्यम ग्राहकहरूलाई एडब्लूएस डाटा सेन्टरसम्म सिधै ‘लास्ट–माइल’ पहुँच दिने भएको छ। यो पहुँच फाइबर वा ५जी फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) मार्फत उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई आफ्नो कार्यालयदेखि क्लाउडसम्म छिटो, भरपर्दो र कम लेटेन्सी भएको कनेक्टिभिटी उपलब्ध गराउने कम्पनीले जनाएको छ।

मोबाइल वर्ल्ड कङ्रेसमा सार्वजनिक गरिएको यो सेवाको नाम एडब्लूएस इन्टरकनेक्ट – लास्ट माइल हो। यसले एटीएण्डटी को कनेक्टिभिटीलाई एडब्लूएस को कार्यप्रवाहभित्रै समावेश गर्छ, जसले ग्राहकहरूलाई एडब्लूएस वातावरणमै बसेर कनेक्सन व्यवस्थापन र प्रयोग गर्न सक्ने बनाउँछ।

एटीएण्डटीका अनुसार कनेक्शन प्रक्रिया सरल र छिटो बनाइएपछि एआई र मेसिन लर्निङजस्ता धेरै क्षमता चाहिने कामहरूलाई सहयोग गर्न सजिलो हुनेछ।

एटीएण्डटी बिजनेसका उत्पादन प्रमुख श:न हक्लले भने, “एआईलाई केवल बढी कम्प्युटिङ शक्ति मात्र नभई सरल नेटवर्क संरचना र छिटो कनेक्शन पनि आवश्यक हुन्छ।

उच्च क्षमताको कनेक्टिभिटीलाई क्लाउड प्लेटफर्म नजिक ल्याएर, नेटवर्क व्यवस्थापनलाई क्लाउड प्रावधान प्रक्रियासँग जोडेर र शहर स्तरमै मजबुत नेटवर्क तयार गरेर एटीएण्डटी ले उद्यमहरूलाई आफ्नो नेटवर्क सरल बनाउन, कार्यसम्पादन सुधार गर्न, सुरक्षा बढाउन र एआईलाई आत्मविश्वासका साथ विस्तार गर्न सहयोग गरिरहेको छ।”

टेलिकम कम्पनीका अनुसार यस सेवाको प्रारम्भिक संस्करण सन् २०२६ को दोस्रो त्रैमासमा सुरु हुने अपेक्षा गरिएको छ। एडब्लूएससँगको विस्तारित सहकार्यले अन्य क्लाउड कम्पनीसँग सहकार्य गर्ने सम्भावनालाई भने रोक्दैन।

एटीएण्डटीले माइक्रोसफ्ट अज्युरमा चल्ने कनेक्टेड स्पेसेज फर इन्टरप्राइज नामक नयाँ प्लेटफर्म पनि सार्वजनिक गरेको छ। यो प्लेटफर्मले सेन्सर, क्यामेरा जस्ता कार्यालयभित्रका उपकरणबाट आउने डाटालाई एकत्रित गरी उपयोगी जानकारीमा रूपान्तरण गर्ने काम गर्छ।

एटीएण्डटी र माइक्रोसफ्टले कनेक्टेड स्पेसेज फर इन्टरप्राइजले सञ्चालन दक्षता बढाउन र ग्राहक अनुभव सुधार गर्न कत्तिको सहयोग गर्छ भनेर परीक्षण गर्न एक सुविधा स्टोर चेन र एक प्रमुख फास्ट–फुड ब्रान्डसँग परीक्षण परियोजना सञ्चालन गरिरहेका टेलिकम्स डटकमले उल्लेख गरेको छ।

एटीएण्डटी का कनेक्टेड सोलुसन उपाध्यक्ष क्यामरोन कोर्सीले भने, “व्यवसायहरूले आफ्नो भौतिक वातावरणबाट वास्तविक परिणाम चाहन्छन् – राम्रो सञ्चालन, बलियो सुरक्षा र राम्रो ग्राहक अनुभव। कनेक्टेड स्पेसेज फर इन्टरप्राइजले आईओटी उपकरण, क्यामेरा र विश्लेषणलाई एउटै सुरक्षित संरचनामा जोड्छ र अज्युर आधारित विश्लेषणसँग मिलाएर ग्राहकहरूलाई लगभग वास्तविक समयमा आउने संकेतलाई निर्णयमा बदल्न सहयोग गर्छ।”

यो समाधान मुख्यतः रिटेल र हस्पिटालिटी क्षेत्रमा लक्षित गरिएको छ तर यसले अन्य क्षेत्रप्रति एटीएण्डटीको ध्यान हटाएको देखिँदैन।

प्रकाशित: २३ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

बीएमडब्ल्यूले नयाँ आई३ मोडेल अनावरण गर्ने

  • Technology Khabar
  • २३ फाल्गुन २०८२, शनिबार