आउडीद्वारा इलेक्ट्रिक स्पोर्ट्स कार उत्पादनको पुष्टि

  • Technology Khabar | २३ फाल्गुन २०८२, शनिबार
आउडीद्वारा इलेक्ट्रिक स्पोर्ट्स कार उत्पादनको पुष्टि
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

आउडीले कन्सेप्ट सी नामक इलेक्ट्रिक स्पोर्ट्स कार दुई वर्ष भित्र उत्पादन गर्ने पुष्टि गरेको छ।

सीईओ गेरनोट डोलनरले परियोजना रोकिएको हल्लालाई अस्वीकार गरेको र कारलाई “गम्भीर उत्पादन” को रुपमा वर्णन गरेका छन्।

नयाँ डिजाइन शैलीको साथ यो दुई सिटर मोडेल हुनेछ भने यो भविष्यका मोडेलहरूमा पनि देखा पर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

आउडीले हालका मोडेलहरूको असंख्य स्क्रिनहरूलाई पछाडि छोडेर केबिनको गुणस्तर र भौतिक नियन्त्रणहरूको प्रयोग पुनस्र्थापित गर्ने लक्ष्य राखेको छ।

प्लेटफर्ममा भीडब्ल्यू समूहको पीपीई स्पोर्ट हुनेछ भने ब्याट्री पछाडिको पाङ्ग्राको अगाडि र इलेक्ट्रिक मोटर पछाडि राखिनेछ।

त्यसैगरी दुई मोटर र चार एक्टिभ ह्विल्स भएको कन्फिगरेसनको पनि योजना गरिएको बताइएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

बीएमडब्ल्यूले नयाँ आई३ मोडेल अनावरण गर्ने

  • Technology Khabar
  • २३ फाल्गुन २०८२, शनिबार