एप्पलद्वारा स्टुडियो डिस्प्ले सिरिजअन्तर्गत दुई नयाँ मोडेलहरू घोषणा

  • Technology Khabar | २२ फाल्गुन २०८२, शुक्रबार
एप्पलद्वारा स्टुडियो डिस्प्ले सिरिजअन्तर्गत दुई नयाँ मोडेलहरू घोषणा
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले अपडेट गरिएको स्टुडियो डिस्प्ले र नयाँ स्टुडियो डिस्प्ले एक्सडीआर गरी दुई नयाँ मनिटरहरू घोषणा गरेको छ।

स्टुडियो डिस्प्लेमा नयाँ १२ मेगापिक्सेल वेबक्याम, नयाँ थ्री–माइक्रोफोन एरे, स्पासियल अडियो भएको नयाँ सिक्स–स्पीकर प्रणाली र थन्डरबोल्ट ५ समावेश गरिएको छ। बाँकी स्पेसिफिकेशनहरूका साथै मूल्य निर्धारण भने २७–इन्च ५के ६०हर्ज आईपीएस प्यानल सहितको मूल स्टुडियो डिस्प्ले मोडेलसँग समान रहेको छ।

स्टुडियो डिस्प्ले एक्सडीआरको नयाँ मोडेलमा नयाँ २७–इन्च ५के आईपीएस प्यानलको साथ अब १२०हर्जको रिफ्रेस रेट रहेको छ। डिस्प्लेमा २३०४ स्थानीय डिमिङ जोनहरू भएको नयाँ मिनी–एलईडी ब्याकलाइटिङ प्रणाली पनि रहेको छ।

साथै नयाँ मोडेलले एसडीआरमा १००० निट्स र एचडीआरमा २००० निट्स हिट गरेर स्ट्याण्डर्ड स्टुडियो डिस्प्लेको ६०० निट्स पिक ब्राइटनेसलाई पछाडि पार्ने बताइएको छ। यो नयाँ मोडेलले एडोबी आरजीबी सहित रिफ्रेन्स कलर ग्यामट मोडहरूको फराकिलो दायरालाई पनि समर्थन गर्दछ। बाँकी स्पेसिफिकेशनहरू स्टुडियो डिस्प्लेसँग समान रहेको छ। साथै यो मोडेल टिल्ट र हाइट–एडजस्टेबल स्ट्यान्डको साथ आउँछ भने स्टुडियो डिस्प्लेले टिल्ट– एडजस्टेबल स्ट्यान्ड मात्र प्राप्त गर्ने उल्लेख गरिएको छ।

स्टुडियो डिस्प्लेको मूल्य १५९९ अमेरिकी डलर कायम गरिएको छ। स्टुडियो डिस्प्ले एक्सडीआरको मूल्य ३२९९ अमेरिकी डलर रहेको छ। साथै नयाँ स्टुडियो डिस्प्ले एक्सडीआरले पुरानो प्रो डिस्प्ले एक्सडीआरलाई प्रतिस्थापन गरेको र अब पुरानो प्रो डिस्प्ले एक्सडीआर बन्द गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...