अनरले प्रख्यात भिडियो क्यामरा निर्माता एआरआरआई सँग साझेदारी गर्यो

  • Technology Khabar | २२ फाल्गुन २०८२, शुक्रबार
अनरले प्रख्यात भिडियो क्यामरा निर्माता एआरआरआई सँग साझेदारी गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

स्मार्टफोन ब्रान्डहरूले आफ्ना फोनहरूको क्यामरा क्षमताहरू सुधार गर्न र इमेजिङ उद्योगमा स्थापित कम्पनीहरूसँग साझेदारी गर्न नयाँ तरिकाहरू अन्वेषण गर्ने कार्य जारी राखेका छन्।

एमडब्ल्यूसी २०२६ मा अनर र एआरआरआई बीचको साझेदारी अब घोषणा गरिएको पछिल्लो साझेदारी मध्य एक हो।

एआरआरआई १९१७ मा स्थापित मोशन पिक्चर फिल्म इक्विपमेण्टको जर्मन–आधारित निर्माता हो। कम्पनीले व्यावसायिक मोशन पिक्चर क्यामरा, लेन्स, लाइटिङ र पोस्ट–प्रोडक्शन इक्विपमेण्टहरू उत्पादन गर्दछ।

साथै कम्पनीले एकेडेमी अफ मोशन पिक्चर आट्र्स एण्ड साइन्सेजबाट २० फरक वैज्ञानिक र प्राविधिक पुरस्कारहरू हात पारेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

अनरसँगको साझेदारीबाट एआरआरआईले कम्प्याक्ट स्मार्टफोनहरूमा सिनेमा–ग्रेड भिडियो रेकर्डिङ क्षमताहरू ल्याउने लक्ष्य राखेको छ।

“हाम्रो लक्ष्य स्मार्टफोन इमेजिङमा प्राकृतिक रङ्ग, कोमल हाइलाइट रोल–अफ र कथाहरूमा वास्तविक महसुस हुने गहिराइको भावनाको साथ वास्तविक सिनेम्याटिक एस्थेटिक प्रस्तुत हो। सिर्जनाकर्ताहरूले मोबाइल क्याप्चरबाट व्यावसायिक पोस्ट–प्रोडक्शन कार्यप्रवाहमा निर्बाध रूपमा सर्न सक्ने” साझेदारीमा उल्लेख गरिएको छ।

अनर–एआरआरआई सहकार्यबाट यो वर्षको उत्तरार्धमा अनर रोबोट फोन पहिलो फोनको रुपमा डेब्यू हुने तालिका रहेको छ।

प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...