स्वास्थ्य क्षेत्रमा एआईको नयाँ कदम : जोखिम मूल्याङ्कन सहज बनाउने

  • Technology Khabar | २१ फाल्गुन २०८२, बिहीबार
स्वास्थ्य क्षेत्रमा एआईको नयाँ कदम : जोखिम मूल्याङ्कन सहज बनाउने

काठमाडौं ।

अष्ट्रेलियाली अनुसन्धानले कृत्रिम बौद्धिकता (एआई)को प्रयोगले जोखिम पहिचान गर्न सक्ने देखाएको छ। यसले भविष्यमा स्तन जाँचलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।

अनुसन्धानमा करिब चार लाख महिलाको ‘म्यामोग्राम’ डाटा प्रयोग गरेर यो उपकरण विकास गरिएको थियो। त्यसपछि यसलाई लगभग ९६ हजार महिलामा परीक्षण गरिएको थियो।

अध्ययनले यो उपकरणले परम्परागत विधिहरू जस्तै स्तन घनत्व, उमेर, पारिवारिक इतिहास र अन्य चिकित्सकीय तथ्याङ्कको तुलनामा क्यान्सरको जोखिम अझ सटीक रूपमा अनुमान गर्न सक्ने देखाएको छ।

अध्ययनका अनुसार, उच्च जोखिम समूहमा पर्ने महिलामध्ये करिब १० प्रतिशतमा चार वर्षभित्र स्तन क्यान्सर पाइएको छ। यो उपकरणले जोखिमपूर्ण महिलालाई पहिचान गर्ने काममा पारम्पारिक विधिहरू भन्दा बढी प्रभावकारी साबित भएको हो।

अनुसन्धानकर्ताहरूका अनुसार यस्तो एआईमा आधारित जोखिम मूल्याङ्कनले स्तन जाँच प्रणालीलाई व्यक्तिगत बनाउन सहयोग पुर्‍याउँछ । यसले उच्च जोखिम भएका महिलालाई नजिकबाट अनुगमन गर्न र कम जोखिम भएका महिलालाई कम बारम्बार जाँच गर्न सक्ने सम्भावना बढाउँछ। यसले समय र खर्च दुवै बचत गर्न सक्नेछ र जीवन रक्षा गर्न सहयोग पुर्याउँछ।

विशेषज्ञहरूले भविष्यमा यस्ता उपकरणहरूले स्वास्थ्य सेवा प्रणालीमा क्रान्ति ल्याउने सम्भावना रहेका भनेका छन्। यसले स्तन क्यान्सर जस्ता रोगलाई प्रारम्भिक चरणमै पहिचान गर्न सहयोग पुर्‍याउने भएकाले उपचारको प्रभावकारिता पनि बढ्नेछ। रासस/सिन्ह्वा

प्रकाशित: २१ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार