
काठमाडौं ।
भारतीय पुरुष क्रिकेट टोलीका पूर्व कप्तान एमएस धोनीलाई रांचीमा अत्यधिक गतिमा गाडी चलाएको आरोपमा एक हजार भारतीय रुपैयाँ जरिवाना गरिएको छ। घर नजिकै ट्राफिक नियम तोडेको कारण उनको कार पक्राउ परेको हो।
शहरको स्वचालित ट्राफिक निगरानी प्रणालीले गति सीमाभन्दा माथिको गतिमा गाडी गुडेको रेकर्ड गरेको र मोटर भेहिकल ऐनको धारा १८३ अन्तर्गत ई–चालान जारी गरिएको द टाइम्स अफ इन्डियाले रिपोर्ट गरेको छ।
यो सानो अपराध भए पनि पूर्व भारतीय कप्तानसँग सम्बन्धित कुनै पनि कुराले अनलाइनमा सनसनी पैदा गर्दछ।
धोनीसँग सम्बन्धित अर्को मुद्दाको केही समयपछि यो नयाँ घटना आएको हो। झारखण्ड राज्य आवास बोर्डले हालै रांचीको हर्मु रोडमा रहेको आवासीय जग्गाको कथित दुरुपयोगको बारेमा उनलाई सूचना पठाएको थियो।
केवल आवासको लागि भनेर तोकिएको जग्गा व्यावसायिक उद्देश्यका लागि प्रयोग गरिएको हुन सक्ने अधिकारीहरूको विश्वास रेहेको छ। रिंग रोडमा रहेको आफ्नो हालको घरमा सर्नुअघि धोनी कुनै बेला सोही ठाउँमा बसोबास गर्ने गरेको बताइएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२, बिहीबार