वानप्लस १५टीको डिस्प्लेमा आईफोन १७ प्रो भन्दा पातलो किनारा हुने

  • Technology Khabar | २१ फाल्गुन २०८२, बिहीबार
वानप्लस १५टीको डिस्प्लेमा आईफोन १७ प्रो भन्दा पातलो किनारा हुने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

वानप्लस १५टी यो महिनाको उत्तरार्धमा चीनमा डेब्यू हुने अपेक्षा गरिएको छ। डिभाइस लन्च हुनुभन्दा अगाडि वानप्लसले प्रमुख विवरणहरूको बारेमा पुष्टि गरेको छ।

डिभाइसलाई अपग्रेड गरिएको पेरिस्कोप टेलिफोटो क्यामरा भएको कम्प्याक्ट फ्ल्यागशिपको रूपमा वर्णन गरिएको छ। साथै कम्पनीका एक कार्यकारीले फोनको डिस्प्लेको बारेमा नयाँ विवरणहरूको खुलासा गरेका छन्।

चीनका लागि वानप्लसका अध्यक्ष ली जेइले वेइबोमा वानप्लस १५टीको डिस्प्लेको तस्बिर साझा गरेका छन्। साझा गरेको डिस्प्लेको तस्बिरले डिभाइसको पातलो र एकरूप बेजेलहरूलाई हाइलाइट गर्दछ। टिजरमा आगामी फोनको डिस्प्लेलाई एप्पलको आईफोन १७ प्रो जस्तो देखिने डिस्प्लेसँग तुलना गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

फोनमा रहेका बेजेल्सहरू आईफोनमा भएका बेजेल्सहरू भन्दा पातलो देखिन्छन्। ली जेइले कम्पनीले पातलो बेजेल्सहरू प्राप्त गर्न नयाँ चिप–लेभल प्याकेजिङ प्रक्रिया र अन्य इन–हाउस डिस्प्ले प्रविधिहरू प्रयोग गरेको टिप्पणी गरेका छन्।

हालैका अफवाहहरूले वानप्लस १५टीले १.५के रिजोल्युसन र १६५ हर्जको रिफ्रेस रेटको साथ ६.३२–इन्च एएमओएलईडी डिस्प्लेको साथ डेब्यू गर्ने संकेत गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार