खाडी क्षेत्रमा रहेका नेपालीको सूचना लिन परराष्ट्रले सञ्चालनमा ल्यायो अनलाइन पोर्टल, विवरण भर्न आग्रह

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
खाडी क्षेत्रमा रहेका नेपालीको सूचना लिन परराष्ट्रले सञ्चालनमा ल्यायो अनलाइन पोर्टल, विवरण भर्न आग्रह

काठमाडौं ।

मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन्।

नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ।

दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो। परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना सङ्कलन गरिनेछ।

“सूचना प्रविधिको अधिकतम प्रयोग गरी उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलन गर्नु अत्यन्त आवश्यक रहेको छ। त्यसका लागि कन्सुलर सेवा विभागबाट सुरक्षित ‘अनलाइन डाटा कलेक्सन सिस्टम’ विकास गरी नियोगहरूबाट सूचना जारी भई विवरण संकलन कार्य शुरू गरिएको छ,” मन्त्रालयले भनेको छ।

यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार