निर्वाचनको बिदामा श्रम स्वीकृति नरोकिने, अनलाइनबाटै लिन सकिने

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
निर्वाचनको बिदामा श्रम स्वीकृति नरोकिने, अनलाइनबाटै लिन सकिने

काठमाडौं ।

वैदेशिक रोजगार विभागले फागुन आज २० देखि २२ गतेसम्मको सार्वजनिक बिदामा अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गरेको छ।

विभागले हिजो मङ्गलबार सूचना सार्वजनिक गर्दै विभागको कार्यालयका कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले श्रम स्वीकृतिसम्बन्धी कार्य अनलाइनबाट दिने व्यवस्था गरेको जनाइएको हो। विभागका अनुसार खाडीका देशमा श्रम स्वीकृति रोकिएको छ। अन्य देशको त्यति चाप नहुने हुँदा अनलाइनबाटै सहज रूपमा गर्न सकिन्छ।

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार