चितवनको मतगणनास्थलमा सीसी क्यामरा र तारजाली जडान

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
चितवनको मतगणनास्थलमा सीसी क्यामरा र तारजाली जडान

काठमाडौं ।

चितवनका तीन वटै मतगणना स्थलमा तारजालीसहित सिसी क्यामरा जडान कार्य सुरु गरिएकोछ। मतगणनालाई पारदर्शी, विश्वासिलो र व्यवस्थित बनाउनका लागि जिल्लाको तीन वटै मतगणना स्थलमा तारजाली लगाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षाको दृष्टिले जारजाली र सिसी क्यामरा जडान गरिएको जानकारी दिए।

निर्वाचन क्षेत्र नं. २ को मतगणना स्थल चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ। यहाँ तारजाली लगाउने काम सम्पन्न भएको छ। निर्वाचन क्षेत्र नं १ को मतगणना खैरहनी मावि र निर्वाचन क्षेत्र नं ३ को मतगणना रामपुर क्याम्पसको भवनमा जारजाली र सिसी क्यामरा जडान भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

निर्वाचनमा खटिएका कर्मचारीले मङ्गलबार मतदान स्थल निर्माण गरेका छन् ।मतदान स्थलमा बाँस गाड्ने, डोरी लगाउनेलगायतका अन्य काम गरिएको छ। जिल्लाका सबै स्थानमा मतदान स्थलको व्यवस्थापन, सर्वदलीय बैठक राखेर तयारी गर्ने काम भएको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए।

मतदान सामग्री लिएर सोमबार कार्यक्षेत्रमा खटिएका कर्मचारीले मङ्गलबार जिल्लाका सबै मतदान स्थलमा व्यवस्थापनको गरेको कार्कीले बताए। निर्वाचन क्षेत्र नम्बर ३ भुवनबस्ती मतदान स्थलका निर्वाचन अधिकृत नीरज भट्टले व्यवस्थापनको काम तीव्र गतिमा भइराखेको जानकारी दिँदै भने, “आजै सबै काम पूरा गर्ने तयारी भएको छ।”

आजको गोरखापत्रबाट

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार