अनरले ल्यायो ‘रोबोट फोन’, प्रतिक्रिया दिन र संगीतको तालमा नाच्न सक्ने दाबी

  • Technology Khabar | १८ फाल्गुन २०८२, सोमबार
अनरले ल्यायो ‘रोबोट फोन’, प्रतिक्रिया दिन र संगीतको तालमा नाच्न सक्ने दाबी

काठमाडौं ।

चिनियाँ कम्पनी अनरले चलायमान क्यामरा भएको आफ्नो “रोबोट फोन” बारे थप विवरण सार्वजनिक गरेको छ। यसअघि यस वर्षको सुरुवातमै झल्को दिएको उक्त उपकरणबारे कम्पनीले मोबमइल वर्ल्ड काङ्रेसअघि नयाँ जानकारी दिएको हो। कम्पनीका अनुसार यो फोन यस वर्षको दोस्रो भागमा बजारमा ल्याउने योजना छ।

कम्पनीले यो रोबोट फोनमा “व्यक्तित्व” (पर्सनालिटी) समेत रहेको दावी गरेको छ। प्रयोगकर्ताले केही सोध्दा यसले टाउको हल्लाएर प्रतिक्रिया दिन सक्छ र संगीतको तालमा नाच्नसमेत सक्छ। टेक्स्ट र भ्वाइस दुवै माध्यमबाट सहायकसँग कुरा गर्न सकिने कम्पनीले जनाएको छ। सार्वजनिक गरिएको एक भिडियोमा एक व्यक्तिले कपडाको सुझाव माग्दा रोबोट क्यामेराले टाउको हल्लाएर प्रतिक्रिया दिएको देखाइएको थियो।

यो फोनमा २०० मेगापिक्सेल क्यामेरा तीन–अक्षीय गिम्बलमा जडान गरिएको छ, जसमा स्थिरिकरण प्रविधि समावेश छ। कम्पनीका अनुसार क्यामेराले सहज रूपमा घुमेर स्मूथ भिडियो र तस्बिर खिच्न सक्छ। भिडियोका लागि ‘सुपर स्टेडी’ मोड पनि उपलब्ध हुनेछ। ‘स्पिनशट’ फिचरमार्फत रोबोट क्यामेराले ९० वा १८० डिग्रीसम्म घुमेर सिनेमाटिक शट लिन सक्ने बताइएको छ।

रोबोटिक क्यामेराले एआई–आधारित वस्तु ट्र्याकिङमार्फत भिडियो कलका क्रममा प्रयोगकर्तालाई पछ्याउँदै फ्रेममा राख्न सक्छ। यो प्रविधि एप्पलको ‘सेन्टर स्टेज’ जस्तै भए पनि अझ उन्नत रहेको दावी गरिएको छ।

कम्पनीले रोबोटिक क्यामेराको चाल नियन्त्रण गर्न आफ्नै माइक्रो मोटर विकास गरेको जनाएको छ। फोल्डेबल फोनमा प्रयोग हुने केही प्रविधि अपनाएर क्यामेरालाई मजबुत बनाइएको र चार–डिग्री स्वतन्त्रता भएको गिम्बल प्रणाली फोनको बडीभित्र समायोजन गरिएको बताइएको छ।

रोबोटिक आर्ममा प्रयोग गरिएको सामग्री अनर म्याजिक भी६ को हिन्जमा प्रयोग गरिएको जस्तै भएको र त्यसको टेन्साइल स्ट्रेन्थ २८०० एमपीए रहेको कम्पनीले जनाएको छ।

यसै कार्यक्रममा अनरले ६,६०० एमएएच ब्याट्रीसहितको अनर म्याजिक भी६ फोल्डेबल फोन, अनर म्याजिकप्याड ४ ट्याब्लेट तथा अनर म्याजिकबूक १४ल्यापटप पनि सार्वजनिक गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार