अनरका कार्यकारीले म्याजिक भी६ को क्रिज–मुक्त डिस्प्ले प्रदर्शन गरे

  • Technology Khabar | १७ फाल्गुन २०८२, आईतवार
अनरका कार्यकारीले म्याजिक भी६ को क्रिज–मुक्त डिस्प्ले प्रदर्शन गरे
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आगामी अनर म्याजिक भी६ को टिजरहरू आइरहेका छन् र पछिल्लो टिजरले फोल्डेबलको भित्री डिस्प्लेको उत्कृष्ट झलक प्रदान गरेको छ। अनरका कार्यकारी वाङ फेईले वेईबोमा साझा गरेको तस्बिरहरूले डिभाइसको बीचमा कुनै पनि भिजिबल (देख्न सकिने) क्रिज नदेखाएको उल्लेख गरिएको छ।

फोल्डेबलको भित्री डिस्प्ले राम्रोसँग हेर्दा मुख्य डिस्प्ले वास्तवमा पूर्ण रूपमा क्रिज–मुक्त देखिनुका साथै प्रभावशाली भएको उल्लेख गरिएको छ। हालका सबै फोल्डेबलहरूको बीचमा केही प्रकारको रिज प्रदर्शन हुने गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

अनरले डिभाइसको पातलो र हल्का डिजाइन, ब्याट्री क्षमताका साथै प्रदर्शन जस्ता अन्य प्यारामिटरहरूमा सम्झौता नगरी म्याजिक भी६ को क्रिज–मुक्त डिस्प्ले प्राप्त गरेको फेईले बताएका छन्। अनरले पहिले भी६ मा हुने आईपी६८ र आईपी६९ इन्ग्रेस सुरक्षाले डिभाइसलाई त्यो स्तरको स्थायित्व फिचर गर्ने पहिलो फोल्डेबल बनाउनेछ भनि पुष्टि गरेको छ।

फोल्डेबलले अल्ट्रा–थिन ग्लास (यूटीजी) र उद्योग–अग्रणी १.५ प्रतिशत रिफ्लेक्सन रेटिङको साथ उन्नत डिस्प्ले सुरक्षा समावेश गर्ने भएको छ। यो सुविधाले अत्यन्तै उज्यालो अवस्थामा बाहिरी उपयोगितामा मद्दत गर्नेछ। अनरले लागू गर्न गरिरहेको अपडेट गरिएको सुपर स्टील हिञ्जले स्थायित्व सुधार गर्दछ र यसको आन्तरिक बिटहरू कुनै पनि भिजिबल डिस्प्ले क्रिजको अभावको लागि प्रमुख हुने गरेको उल्लेख गरिएको छ।

आफ्नो क्रिज नियन्त्रण प्रदर्शन गर्ने अनर मात्र नभएको र ओप्पोले क्रिज–मुक्त डिस्प्लेको साथ आफ्नो आगामी फाइन्ड एन६ फोल्डेबल टिज गरेको छ। अनरले मार्च १ मा एमडब्ल्यूसी बार्सिलोनामा म्याजिक भी६ प्रस्तुत गर्ने तयारीमा रहेको छ।

प्रकाशित: १७ फाल्गुन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार