सात महिनामा साढे २९ करोड रुपैयाँमाथिको डेढ लाख हाराहारी विद्युतीय चुलो आयात

  • Technology Khabar | १६ फाल्गुन २०८२, शनिबार
सात महिनामा साढे २९ करोड रुपैयाँमाथिको डेढ लाख हाराहारी विद्युतीय चुलो आयात
एआई निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को सातौं महिना माघ मसान्तसम्म नेपालमा २९ करोड २ लाख १० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न २३ देशहरुबाट उक्त मूल्य बराबरका १ लाख ३९ हजार ६३३ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ४ करोड १३ लाख ११ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट २५ करोड ३१ लाख ९५ हजार बराबरको १ करोड १९ हजार ७३७ थान तथा भारतबाट ३ करोड ३३ लाख बराबरको १८ हजार ३५१ थान चुलो आएको छ।

यीबाहेक कतारबाट ७१ हजार बराबरको ६२ थान, यूएईबाट १ लाख २९ हजार बराबरको ९१ थान, बंगलादेशबाट २५ लाख ६२ हजार बराबरको १ हजार २९० थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४८ थान तथा साउदी अरेबियाबाट ६ हजार बराबरको ५ थान तथा अमेरिकाबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

क्र. सं.देशपरिमाणरकम
बंगलादेश२१०४२३
चीन८५५५३१९०१०७
भारत१४०२४२३७३५
इण्डोनेसिया१८२
दक्षिण कोरिया१२१०
कुवेत
मलेसिया४८७३६
कतार५८६६
साउदी अरेबिया
१०सिंगापुर१०११
११युयाण्डा२१
१२यूएई८७१२४
१३बेलायत
१४स.रा. अमेरिका

 

इन्फ्रारेड चुलो

 

क्र. सं.देशपरिमाणरकम
बंगलादेश१०८०२१३९
चीन३३७५२६१४९४
भारत३८५८७१२७
कतार

 

अन्य विद्युतीय चुलो

क्र. सं.देशपरिमाणरकम
चीन४३२१५९४
भारत४६९२४३८
कतार
सिंगापुर
यूएई

 

प्रकाशित: १६ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार