
काठमाडौं ।
हुण्डाई मोटर ग्रुपर दक्षिण कोरियाले शुक्रबार करिब ९ ट्रिलियन वन (६.२६ अर्ब डलर) लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यो रकम देशको पश्चिमी तटीय क्षेत्रमा एआई डाटा सेन्टर, रोबोट उत्पादन कारखाना र अन्य पूर्वाधार विकासमा खर्च गरिने भूमि मन्त्रालयले जनाएको छ।
प्राप्त जानकारी अनुसार मुख्य विवरणहरू यसप्रकार रहेको रोयटर्सले उल्लेख गरेको छ:
साइमानजेअम दक्षिण कोरियाको पश्चिमी तटमा रहेको विशाल राष्ट्रिय भू–पुनर्दावी परियोजना हो, जुन २० वर्षभन्दा बढी अघि सुरु गरिएको थियो। सुरुआतमा कृषियोग्य जमिन सुरक्षित गर्ने उद्देश्यले सुरु गरिएको यो परियोजना पछि औद्योगिक क्लस्टर विकासका लागि केन्द्रित गरिएको थियो।
यो क्षेत्र पर्ने जेओला प्रान्तहरु परम्परागत रूपमा दक्षिण कोरियाका उदारवादी राजनीतिक शक्तिहरूको समर्थन आधार मानिन्छन् जसमा राष्ट्रपति ली जाय म्युङको डेमोक्रेटिक पार्टी पनि समावेश छ।
प्रकाशित: १६ फाल्गुन २०८२, शनिबार