भर्जिन मिडिया ओ२ले बेलायतमा शुरु गर्यो डाइरेक्ट-टू-डिभाइस सुविधा ‘ओ२स्याटेलाइट’, मोबाइल कभरेज नपुगेका ठाउँमा लक्षित

  • Technology Khabar | १६ फाल्गुन २०८२, शनिबार
भर्जिन मिडिया ओ२ले बेलायतमा शुरु गर्यो डाइरेक्ट-टू-डिभाइस सुविधा ‘ओ२स्याटेलाइट’, मोबाइल कभरेज नपुगेका ठाउँमा लक्षित

काठमाडौं ।

भर्जिन मिडिया ओ२ले प्रति महिना ३ पाउन्ड शुल्कमा “ओ२स्याटेलाइट” सेवा सुरु गरेको छ, जसले मोबाइल कभरेज नपुगेका क्षेत्रमा स्याटेलाइटमार्फत कनेक्टिभिटी विस्तार गर्ने लक्ष्य राखेको छ।

यो सेवा स्टारलिङ्कसँगको सहकार्यमा सुरु गरिएको हो। कम्पनीका अनुसार युरोपमा प्रत्यक्ष रूपमा फोनमा स्याटेलाइट सेवा (डाइरेक्ट-टू-डिभाइस) उपलब्ध गराउने र सन्देश मात्र होइन, केही डाटा सेवा पनि दिने यो पहिलो अपरेटर हो।

गत वर्षको अन्त्यतिर किभस्टारले स्टारलिङ्कसँग मिलेर सेवा सुरु गरेको थियो भने ओरेञ्जले स्काइलोसँग सहकार्य गरेको थियो। तर ती सेवाहरू मुख्यतः सन्देश सेवामा सीमित थिए।

ओ२स्याटेलाइट सुरुमा सीमित डाटा सुविधासहित आएको छ। यसमा मौसम र नक्सासम्बन्धी सेवा प्राथमिकतामा छन्, किनकि यो सेवा भौगोलिक रूपमा दुर्गम क्षेत्रमा लक्षित छ। साथै फेसबुक मेसेञ्जर, व्हाट्सएप, एक्स र याहू मेलजस्ता एप पनि प्रयोग गर्न सकिन्छ। कम्पनीका अनुसार भविष्यमा थप एपहरू पनि समावेश गरिनेछ।

हालका लागि यो सेवा केवल सामसङ ग्यालेक्सी एस२५ का चार भेरियन्ट भएका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ। अन्य कम्पनीहरूको तुलनामा यो उपकरण सूची निकै सानो छ, जसले सुरुवाती चरणमा सेवाको दायरा सीमित बनाएको छ।

भर्जिन मिडिया ओ२का प्रमुख कार्यकारी अधिकृत लुट्ज शुलरले ओ२स्याटेलाइट सुरु भएसँगै बेलायतको भूभागमा मोबाइल कभरेज ८९ प्रतिशतबाट ९५ प्रतिशत पुगेको दावी गरेका छन्। कम्पनीका अनुसार यसले वेल्सको करिब दुई तिहाइ बराबर क्षेत्रफलमा पहिलोपटक मोबाइल कभरेज उपलब्ध गराएको छ।

ओ२स्याटेलाइट लाई ३ पाउन्ड प्रतिमहिना “बोल्ट-अन” सेवाका रूपमा प्रस्तुत गरिएको छ। कम्पनीले भविष्यमा यसलाई आफ्ना अल्६मेट प्लान प्याकेजमा निःशुल्क समावेश गर्ने योजना बनाएको जनाएको छ।

हाल सिम ओन्ली अल्टिमेट प्लानको सुरुआती मूल्य १७ पाउन्ड प्रतिमहिना (४० जीबी डाटा) रहेको छ। यसमा आगामी अप्रिलमा मूल्यवृद्धि हुने संकेत गरिएको छ।

यो सेवा सुरु भएको चार महिनाअघि मात्रै भर्जिन मिडिया ओ२ले स्टारलिङ्कसँगको सम्झौता घोषणा गरेको थियो र सन् पहिलो अर्धवार्षिकभित्र सेवा सुरु गर्ने लक्ष्य राखेको थियो, जुन समयमै पूरा गरिएको छ।

बेलायती नियामक अफकमले पनि लाइसेन्स प्रक्रियामा छिटो काम गरेको कम्पनीले जनाएको छ। बेलायतमा डाइरेकट-टू-डिभाइस प्रविधिमा गति महत्त्वपूर्ण मानिए पनि यसको दीर्घकालीन सफलता भने समयसँगै स्पष्ट हुनेछ।

प्रकाशित: १६ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...