वार्नर ब्रोज डिस्कभरी अन्तत: प्यारामाउण्ट स्काइडान्सको अधीनमा

  • Technology Khabar | १५ फाल्गुन २०८२, शुक्रबार
वार्नर ब्रोज डिस्कभरी अन्तत: प्यारामाउण्ट स्काइडान्सको अधीनमा
फाइल तस्बिर

काठमाडौं ।

प्यारामाउण्ट स्काइडान्सले महिनौँसम्म चलेको प्रतिस्पर्धामा जित हासिल गर्दै वार्नर ब्रोज डिस्कभरीलाई अधिग्रहण गर्ने सम्झौता जितेको छ।

स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले बिहीबार आफ्नो प्रस्ताव नबढाउने निर्णय गरेपछि प्यारामाउण्ट स्काइडान्सविजेता बनेको हो। यससँगै नेटफ्लिक्सका शेयर मूल्य उकालो लागेका छन्।

प्यारामाउण्ट स्काइडान्सले महिनौँसम्म चलेको प्रतिस्पर्धामा जित हासिल गर्दै वार्नर ब्रोज डिस्कभरीलाई अधिग्रहण गर्ने सम्झौता जितेको छ। स्ट्रिमिङ कम्पनी नेटफ्लिक्स ले बिहीबार आफ्नो प्रस्ताव नबढाउने निर्णय गरेपछि प्यारामाउण्ट स्काइडान्सविजेता बनेको हो। यससँगै नेटफ्लिक्स का शेयर मूल्य उकालो लागेका छन्।

नेटफ्लिक्सले विज्ञप्ति जारी गर्दै प्यारामाउण्ट स्काइडान्सको पछिल्लो प्रस्ताव बराबरी गर्नुपर्ने मूल्यमा सम्झौता आर्थिक रूपमा आकर्षक नरहेको भन्दै आफूहरूले प्रस्ताव नमिलाउने जनाएको छ। नेटफ्लिक्स ले Reuters सँगको कुराकानीमा पनि वार्नर ब्रोज डिस्कभरीका लागि बोलपत्र प्रक्रियाबाट बाहिरिएको पुष्टि गरेको छ। अब वार्नरको बोर्डले नेटफ्लिक्ससँगको सम्झौता अन्त्य गरी प्यारामाउण्ट स्काइडान्सको प्रस्ताव स्वीकृत गर्नुपर्नेछ।

वार्नरका प्रमुख कार्यकारी अधिकृत डेभिड जास्लाभले बोर्डले प्यारामाउण्टसँगको मर्जर सम्झौता स्वीकृत गरेपछि शेयरधारकका लागि ठूलो मूल्य सिर्जना हुने बताए। उनले प्यारामाउण्ट स्काइडान्सर वार्नर ब्रोज डिस्कभरीको संयोजनले विश्वलाई प्रभाव पार्ने कथाहरू प्रस्तुत गर्न थप अवसर दिने उल्लेख गरेको रोयटर्सले जनाएको छ।

प्यारामाउण्टले वार्नर ब्रोजलाई हात पार्न आक्रामक प्रयास जारी राखेको थियो। गत साता उसले नगद प्रस्ताव बढाउन सक्ने संकेतसहित वार्नर लाई पुनः वार्तामा फर्काउन सफल भएको थियो।

यसअघि बिहीबार वार्नर ब्रोजले प्यारामाउण्टको प्रति शेयर ३१ डलरको संशोधित प्रस्ताव नेटफ्लिक्सको प्रति शेयर २७.७५ डलरको प्रस्तावभन्दा उत्कृष्ट भएको जनाएको थियो। नेटफ्लिक्सले वार्नर ब्रोजका स्ट्रिमिङ र स्टुडियो सम्पत्ति खरिद गर्ने प्रस्ताव गरेको थियो।

नाम नखुलाउने सर्तमा बोल्दै नेटफ्लिक्सका एक सल्लाहकारले सम्झौता अब आर्थिक रूपमा उपयुक्त नरहेको भन्दै प्रतिस्पर्धाबाट बाहिरिन सिफारिस गरिएको बताए। नेटफ्लिक्सका सह-प्रमुख कार्यकारी अधिकृत टेड साराण्डोसले फेब्रुअरी २० मा फक्स न्युजकी लिज क्लामानसँगको अन्तर्वार्तामा नेटफ्लिक्स “अनुशासित खरिदकर्ता” भएको र प्रस्ताव उल्लेख्य रूपमा नबढाउने संकेत दिएका थिए।

सल्लाहकारका अनुसार नेटफ्लिक्स ले यस्तो अर्बपतिसँग प्रतिस्पर्धा गरिरहेको थियो, जसले वार्नर ब्रोज  का लागि नेटफ्लिक्स को नजरमा अव्यावहारिक मूल्य तिर्न तयार रहेको संकेत दिएका थिए।

उनले यो टिप्पणी ल्यारी एलिसनलाई संकेत गर्दै गरेका हुन्, जो ओर्याकलका सह–संस्थापक, कार्यकारी अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकृत हुन् र प्यारामाउण्टका प्रमुख कार्यकारी अधिकृत डेभिड एलिसनका पिता पनि हुन्।

प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार