आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित ‘चालकविहीन’ ट्याक्सीहरू यो वर्षदेखि लन्डनमा सञ्चालनमा आउने

  • Technology Khabar | १५ फाल्गुन २०८२, शुक्रबार
आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित ‘चालकविहीन’ ट्याक्सीहरू यो वर्षदेखि लन्डनमा सञ्चालनमा आउने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित चालकविहीन ट्याक्सीहरूको लन्डनको सडकमा परीक्षण गरिँदैछ र यो वर्षको पूर्वाद्र्धमा सञ्चालनमा आउन सक्ने बताइएको छ।

बेलायती कम्पनी वेभद्वारा विकसित गरिएको सवारी साधनहरू मानव सहायता बिना नै ट्राफिकमा गुड्न सक्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

एआई प्रणालीले ट्राफिक लाइट, पैदल यात्री, साइकल चालक र चौबाटोहरूमा रियल टाइम (वास्तविक समय) मा प्रतिक्रिया दिनुका साथै मानव चालकले सोच्ने तरिकाको नक्कल गर्ने प्रयास गर्नेछ।

बेलायतको हालको नियमहरू अनुसार आवश्यक परेमा सुरक्षा अपरेटर हस्तक्षेप गर्नको लागि कार भित्र तयार अवस्थामा रहने बताइएको छ।

कम्पनीका सीईओ एलेक्स केन्डलले अटोनोमस ड्राइभिङ हाम्रो समयको सबैभन्दा कठिन इन्जिनियरिङ चुनौतीहरू मध्ये एक भएको बताएका छन्।

एआईको प्रयोगले संसारको कुनै पनि ठाउँमा चलाउन सकिने कारहरूको बृहत उत्पादन सक्षम पार्न सकिने उनले थप बताएका छन्।

समर्थकहरू धेरैजसो दुर्घटनाहरू मानव त्रुटिले हुने गरेकोले यी सवारी साधनहरूले सडक सुरक्षा बढाउन सक्छन् भन्ने विश्वास व्यत्तल गरेका छन्।

धेरै परम्परागत चालकहरू शहर अझै पूर्ण रूपमा स्वायत्त ट्याक्सीहरूको लागि तयार नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार