
काठमाडौं ।
ओप्पो फाइन्ड एन६ मा ह्यासलब्ल्याड ट्युनिङको साथ २०० मेगापिक्सेल क्वाड–क्यामरा सेटअप रहेको पुष्टि भएको छ। ओप्पोका एक कर्मचारीले वेइबोमार्फत फाइन्ड एन६ मा २०० मेगापिक्सेल क्यामराको पुष्टि गरेका हुन्। यो सँगै अब ओप्पो फाइन्ड एन६ मा २०० मेगापिक्सेल क्यामरा रहेको बारेमा हल्लाहरू सत्य साबित भएका छन्।
ओप्पो फाइन्ड एन६ ह्यासलब्ल्याड–ट्युन्ड २०० मेगापिक्सेल क्वाड–क्यामरा सेटअपको साथ आउने एक मात्र फोल्डिङ स्मार्टफोन हुनेछ भनि कर्मचारीले बताएका छन्। यसबाहेक, फाइन्ड एन६ ओप्पोको डान्सिया लेन्स फिचर गर्ने पहिलो फोल्डेबल हुनुका साथै वेइबो पोस्टले फाइन्ड एन६ स्याटेलाइट इडिशनको अस्तित्व पुष्टि गरेको छ।
ओप्पोले फाइन्ड एन६ को स्पेकसिटको बारेमा अझै विस्तृत जानकारी दिएको छैन। अघिल्ला अफवाहहरूले स्मार्टफोन स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी, ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा, ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा र ६,००० एमएएच ब्याट्रीको साथ आउने दाबी गरेका छन्। फाइन्ड एन६ को फोल्डिङ डिस्प्ले ८.१२ इन्चको हुनेछ भने कभर स्क्रिनको मापन ६.६२ इन्चको हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार