वानप्लस १५टी मा अल्ट्रा–थिन म्यागनेटिक कुलिङ एक्सेसरि हुने टिपस्टरको दाबी

  • Technology Khabar | १५ फाल्गुन २०८२, शुक्रबार
वानप्लस १५टी मा अल्ट्रा–थिन म्यागनेटिक कुलिङ एक्सेसरि हुने टिपस्टरको दाबी
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

वानप्लस १५टी को बारेमा नयाँ विवरणहरू बाहिर आएका छन्। वानप्लसले हालै फोन चाँडै आउँदैछ भनेर पुष्टि गरे पनि कम्पनीले विशेष लन्च विन्डोको बारेमा भने खुलासा गरेको छैन। साथै डिभाइस कम्प्याक्ट पावरहाउसको रूपमा आउने दाबी गरिएको छ।

टिपस्टर डिजिटल च्याट स्टेशनको पछिल्लो लीकले वानप्लस १५टी ले म्यागनेटिक वायरलेस चार्जिङलाई समर्थन गर्ने सुझाव दिएको छ। टिपस्टरले डिभाइस एप्पलको म्यागनेटिक चार्जिङ इकोसिस्टमसँग पनि उपयुक्त हुने दाबी गरेको छ।

वानप्लसले १ सेन्टिमिटर थिन एक्सटर्नल (पातलो बाह्य) कुलिङ फ्यान पनि अनावरण गर्ने भनिएको छ र यो थर्मल पर्फर्मेन्स सुधार गर्न १५टी मा म्यागनेटिक (चुम्बकीय) रूपमा संलग्न हुन सक्ने उल्लेख गरिएको छ। फोन स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी द्वारा संचालित हुने हल्ला रहेको छ।

हालैका अफवाहहरूले डिभाइसमा ६.३२ इन्चको डिस्प्ले र डुअल रियर क्यामरा सेटअप हुन सक्ने थप संकेत गरेका छ। डिभाइसले १००वाट वायर्ड चार्जिङको लागि समर्थनको साथ ७,०००एमएएच र ८,०००एमएएच बीचको क्षमता भएको ठूलो ब्याट्री पनि प्याक गर्ने अपेक्षा गरिएको छ।

वानप्लस १५टी मार्चमा आधिकारिक हुने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...