आइएमई र साउदी अरेबियाको डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको सम्झौता

  • Technology Khabar | १५ फाल्गुन २०८२, शुक्रबार
आइएमई र साउदी अरेबियाको डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौं ।

रेमिटेन्स सेवा प्रदायक कम्पनीआइएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ। गत माघ २७ गते साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबिच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरेका हुन्।

कम्पनीका अनुसार कार्यक्रममा साउदीको लागि नेपालका एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति रहेको थियो। यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ।

साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत ‘नगदरहित’ समाजतर्फ लम्किरहेको छ। अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ।

यस्तो अवस्थामा आईएमई र प्रविधिमा आधारित डिजिटल इकोसिस्टम टिक्मोबीचको सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको छ।

यो साझेदारीले डिजिटल वित्तीय कोरिडोर निर्माण गरेको र जसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ।

टिक्मोसँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पठाएको रकम उत्तिकै सुरक्षा र सम्मानका साथ नेपाल पुग्ने सुनिश्चितता प्रदान गरेको छ। आइएमई र टिक्मोबीच रियादबाट सुरु भएको यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वाससिलो बनाउने लक्ष्य राखेको कम्पनीको दावी छ।

सम्झौतासँगै आइएमईले ‘टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ। गत पौष २१ देखि शुरु भएर आउँदो चैत १७ सम्म सञ्चालनमा रहने यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मोएप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर पाउनेछन्।

प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार