
काठमाडौं ।
युट्युबले लगभग एक वर्ष अघि २०२५ को मार्चमा रिलन्च गरेको प्रिमियम लाइट सदस्यतामा अब कम्पनीले यो योजनाको लागि केही रोमाञ्चक नयाँ सुविधाहरूको घोषणा गरेको छ।
अहिलेसम्म युट्युब प्रिमियम लाइटले प्रयोगकर्तालाई विज्ञापन–रहितका “धेरैजसो भिडियोहरू” बाहेक अन्य केही सुविधाहरू प्रदान गरेको छैन। अबदेखि भने “धेरैजसो भिडियोहरू” को लागि ब्याकग्राउण्ड प्ले र डाउनलोडहरूको लागि समर्थन पनि उपलब्ध हुने भएको छ।
यो “आगामी हप्ताहरूमा” युट्युब प्रिमियम लाइट उपलब्ध सबै ठाउँमा रोल आउट हुने भएको छ। विज्ञापनहरूको सन्दर्भमा कम्पनीले अझै पनि प्रयोगकर्ताले “धेरैजसो भिडियोहरू” विज्ञापन–रहित देख्नुहुनेछ भनेर वाचा गरेको र ती सबै पूर्ण सदस्यताको जस्तो नहुने उल्लेख गरिएको छ।
प्रिमियम भन्दा सस्तो प्रिमियम लाइटले अब दुई सुविधाहरू प्राप्त गर्ने भएको छ। साथै उक्त दुई सुविधाहरूले प्रिमियम लाइटलाई धेरै आकर्षक प्रस्ताव बनाउने छ। प्रिमियम लाइटका लाभहरू “धेरैजसो नन्–म्युजिक कन्टेन्टमा, सर्टस् बाहेक” उपलब्ध हुने छन् र “तपाईंले सर्च वा ब्राउज गर्दा विज्ञापनहरू देखा पर्न सक्छन्” भनि सानो प्रिन्टमा उल्लेख गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार