
काठमाडौं ।
भिभो फोन चाँडै नै १०,००० एमएएच वा ठूला ब्याट्री भएका स्मार्टफोनहरूको बढ्दो सूचीमा सामेल हुन लागेको जस्तो देखिएको छ। कम्पनीले हाल यस्तो प्रकारको डिभाइसको परीक्षण गरिरहेको एक टिपस्टरले खुलासा गरेको छ।
टिपस्टर डिजिटल च्याट स्टेशनले वेइबो पोस्टमा भिभोले १०,००० एमएएच सिलिकन–कार्बन ब्याट्री भएको फोनको परीक्षण गरिरहेको खुलासा गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
टिपस्टरका अनुसार डिभाइसले ४.५३भी सिङ्गल–सेल सिलिकन ब्याट्री प्रयोग गरेको त्यसको मूल्याङ्कन क्षमता १०,००० एमएएच रहेको बताइएको छ। यसैगरी ब्याट्रीको सामान्य क्षमता ११,००० एमएएच र १२,००० एमएएच बीचको हुने भनिएको छ।
भिभोको फोन व्यापक परीक्षणबाट गुज्रनु पर्ने भएकाले चाँडै लन्च हुने सम्भावना नभएको उल्लेख गरिएको छ। साथै यो फ्ल्यागशिप मोडेल हुने सम्भावना पनि नभएको र त्यसको सट्टा मिड–रेञ्ज प्रस्तावको रूपमा वा आईक्यूओओ लाइनअप अन्तर्गत आउन सक्ने बताइएको छ।
पछिल्ला केही महिनामा धेरै स्मार्टफोन निर्माताहरूले १०,००० एमएएच वा सोभन्दा माथिको ब्याट्री भएका फोनहरू लन्च गरेका छन्। अनरले १०,००० एमएएच ब्याट्री भएको विन र विन आरटी अनावरण गरेको छ र त्यसपछि १०,०८०एमएएच सेल प्याक गरिएको अनर पावर२ प्रस्तुत गरेको छ। रियलमी पी४ पावरमा १०,००१एमएएच ब्याट्री समावेश गरिएको छ।
प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार