
काठमाडौं ।
सामसङले अब नयाँ २०० मेगापिक्सेलको १/१.३–इन्च प्रकारको क्यामरा सेन्सर विकास गर्ने हल्ला चलिरहेको छ। उत्त क्यामरा सेन्सरलाई आईएसओसेल एचपीसी भनिने बताइएको छ। यो भिभोको एक्स३०० र एक्स३०० प्रोको लागि विकसित गरिएको एचपीबी भन्दा आकारमा वृद्धि हुनुका साथै १/१.४–इन्च प्रकारको हुनेछ।
हाई–इन्डको नयाँ सेन्सर ओप्पोले सम्भवतः फाइन्ड एक्स१० को साथ भविष्यको स्मार्टफोनमा प्रयोग गर्ने अपेक्षा गरिएको छ। सेन्सरमा यूएफसीसी उर्फ अल्ट्रा फाइन कलर फिल्टर रहेको छ। लाइट ट्रान्समिसन (प्रकाश प्रसारण) र कलर प्युरिटी (रङ्ग शुद्धता) सुधार गर्दै मोटाई घटाउन सामसङले विकास गरेको उक्त फिल्टरमा अल्ट्रा–हाई डाइनामिक रेञ्ज पनि हुनुपर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार