आईफोन १८ प्रो रातो रङमा पनि आउने, आईफोन फोल्ड रमाइलो रङहरूमा उपलब्ध नहुनेः गर्मन

  • Technology Khabar | १३ फाल्गुन २०८२, बुधबार
आईफोन १८ प्रो रातो रङमा पनि आउने, आईफोन फोल्ड रमाइलो रङहरूमा उपलब्ध नहुनेः गर्मन
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले मार्च ४ मा हुने कार्यक्रम अगाडि नयाँ म्याकबुक र आईफोन १७ई अनावरण गर्न तयारी गरिरहेको बेलामा कम्पनीको अर्को फ्ल्यागशिप आईफोनहरूको बारेमा ताजा विवरणहरू देखा परेका छन्।

ब्लूमबर्गका मार्क गर्मनले आफ्नो पछिल्लो न्यूजलेटरमा एप्पलले आईफोन १८ प्रो सिरिजको लागि नयाँ रङ विकल्प परीक्षण गरिरहेको रिपोर्ट गरेका छन्। उनले नयाँ आईफोनहरू डीप रेड (गाढा रातो) फिनिशमा उपलब्ध हुन सक्ने उल्लेख गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

नयाँ रेड शेड (रातो रङ) लाई आईफोन १८ प्रो मोडेलहरूको लागि फ्ल्यागशिप रङको रूपमा राखिएको भनिएको छ। गर्मनले एप्पलले रातो भेरियन्टलाई थप विकल्पको रूपमा प्रस्तुत गर्दा लोकप्रिय कस्मिक ओरेन्ज (सुन्तला) विकल्प कायम राख्न सकिने थप उल्लेख गरेका छन्।

यसैबीच एप्पलले आईफोन फोल्डको लागि भने “फन” कलरवे (रमाइलो रङ) हरूमा वास्ता नगरेको बताइएको छ। आईफोन फोल्ड सेप्टेम्बरमा आईफोन १८ प्रो र १८ प्रो म्याक्ससँगै डेब्यू हुने अपेक्षा गरिएको छ। फोल्डेबल मोडेल गाढा खैरो/कालो र सेतो/चाँदी फिनिशमा आउने अनुमान गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...