अनरले एमडब्ल्यूसीमा आफ्नो पहिलो ह्युमनोइड रोबोट प्रस्तुत गर्दै

  • Technology Khabar | १३ फाल्गुन २०८२, बुधबार
अनरले एमडब्ल्यूसीमा आफ्नो पहिलो ह्युमनोइड रोबोट प्रस्तुत गर्दै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

अनरले एमडब्ल्यूसीमा म्याजिक भी६ फोल्डेबल र अनर रोबोट फोन ल्याउने पुष्टि गरेको छ। साथै कम्पनीले अब सम्मेलनमा थप डिभाइसहरूको रुपमा अर्को रोबोट पनि प्रस्तुत गर्ने खुलासा गरेको छ।

अनर म्याजिक भी६ ले सबैभन्दा ठूलो ब्याट्री समावेश गरिएको फोल्डेबल फोन प्रस्तुत गर्ने भएको छ। कम्पनीले अनर म्याजिकप्याड४ ट्याब्लेटको साथमा “अल्ट्रा–स्लिम” फर्म फ्याक्टर्स र एआईसहितको म्याजिकबुक प्रो १४ ल्यापटप प्रस्तुत गर्नेछ।

त्यसैगरी अनरले आफ्नो पहिलो ह्युमनोइड रोबोट पनि अनावरण गर्ने भएको छ। उक्त ह्युमनोइड रोबोटको टिजर तस्बिर र टिजर भिडियो बाहेक अहिलेसम्म रोबोटको बारेमा अन्य केही विवरण थाहा नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

अनरले एआई प्रविधि विकास गर्न व्यापक रुपमा लागी परेको अवस्थामा ह्युमनोइड रोबोटहरू भने एलएलएमहरू भन्दा फरक वर्गमा रहेको छन्। एक तरिकाले रोबोटहरू निर्माण गर्न धेरै गाह्रो हुने र तिनिहरुका लागि एलएलएमहरूको जस्तै प्रशिक्षण डाटाको लागि इन्टरनेट स्क्र्याप गर्न नसकिने उल्लेख गरिएको छ।

गत वर्षको एमडब्ल्यूसीमा अनावरण गरिएको अल्फा प्लानको आधारमा “यो वर्षको लन्चले फ्ल्यागशिप डिभाइसहरूदेखि रोबोटिक्स नवप्रवर्तनसम्मको हाम्रो पछिल्लो प्रगतिलाई हाइलाइट गर्नेछ जसले मानव–मेसिन समन्वयित भविष्यको हाम्रो दृष्टिकोणलाई अझ अगाडि बढाउँछ” भनि अनरले बताएको छ।

प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...