सात महिनामा नेपाल भित्रियो डेढ अर्ब हाराहारीको साढे पाँच लाखभन्दा बढी राउटर

  • Technology Khabar | १३ फाल्गुन २०८२, बुधबार
सात महिनामा नेपाल भित्रियो डेढ अर्ब हाराहारीको साढे पाँच लाखभन्दा बढी राउटर
शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको सातौं महिना माघ मसान्तसम्म डेढ अर्ब रुपैयाँ हाराहारीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ अर्ब ३५ करोड ३५ लाख ७३ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ५ लाख ६६ हजार ८६८ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

यो आयातबाट सरकारले २५ करोड ३२ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित विश्वका जम्मा १४ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट १ अर्ब २६ करोड ७९ लाख ५३ हजार रुपैयाँ बराबरको ५ लाख ४० हजार ६४६ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट ७ लाख ४४ हजार बराबरको ८७१ थान, मलेसियाबाट ४ लाख ९८ हजार बराबरको ५१ थान, कतारबाट २ हजार बराबरको ५ थान, अमेरिकाबाट २ लाख ६७ हजार बराबरको ३ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ७ करोड ५८ लाख ८२ हजार बराबरको २५ हजार १०२ थान राउटर आएको छ।

यस्तो छ विवरण

क्र.सं.‌देशविवरणरकम हजारमा
चीन५४०४६४१२६७९५३
जर्मनी८४१
भारत८७१७४४
लाट्भिया३३१५२०५
लिथुआनिया२४४२७
मलेसिया५१४९८
कतार
साउदी अरेबिया
सिङ्गापुर
१०ताइवान१६४७
११यूएई१०
१२बेलायत
१३अमेरिका३६७
१४भियतनाम२५१०२७५८८२

प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार