आईफोन १८ प्रो सिरिज परीक्षण उत्पादन चरणमा प्रवेश गर्यो

  • Technology Khabar | १३ फाल्गुन २०८२, बुधबार
आईफोन १८ प्रो सिरिज परीक्षण उत्पादन चरणमा प्रवेश गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले यो वर्ष सेप्टेम्बरमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स अनावरण गर्ने अपेक्षा गरिएको छ। साथै आईफोन फोल्ड पनि आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै डेब्यू हुने सम्भावना छ। नयाँ लीकले अब आईफोन १८ प्रो लाइनअप परीक्षण उत्पादन चरणमा प्रवेश गरेको सुझाव दिएको छ।

टिपस्टर फिक्स्ड फोकस डिजिटलले वेइबो पोस्टमा विवरणहरू साझा गरेको छ। लीकरका अनुसार, आईफोन १८ प्रो मोडेलहरू हाल परीक्षण उत्पादन चरणमा छन्। डिभाइसहरूले बृहत उत्पादनमा प्रवेश गर्नु अघि कुनै समस्याहरू नहोस् भनेर सुनिश्चित गर्नको लागि यो चरणमा एप्पलले प्रोडक्सन भ्यालिडेसन रन (उत्पादन प्रमाणीकरण दौड) सञ्चालन गर्दछ।

प्रोडक्सन भ्यालिडेसन रन (उत्पादन प्रमाणीकरण दौड) मा एप्पलले डिभाइसको वास्तविक एसेम्बली लाइनहरू र आधिकारिक प्रोडक्सन टुल्स (उत्पादन उपकरणहरू) प्रयोग गर्ने कार्य समावेश हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

टिपस्टरका अनुसार, सामग्री वा डिजाइन स्पेसिफिकेसनहरूमा कुनै ठूलो परिवर्तनहरू नगरिएको र आईफोन १८ प्रो लाइनअप आईफोन १७ प्रो सिरिजबाट उल्लेखनीय रूपमा फरक नहुने सुझाव दिएको छ। यो जनकारी हालैका अफवाहहरूसँग मिल्दोजुल्दो भएको बताइएको छ र एक मात्र उल्लेखनीय डिजाइन परिवर्तन भनेको सानो हुँदै गइरहेको डायनामिक आइल्याण्ड हुन सक्छ भनि थप उल्लेख गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...