मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: सूचना प्रविधि क्षेत्रका पूर्वाधार निर्माणमा विदेशी लगानीलाई सहजीकरण गरिने

  • Technology Khabar | १२ फाल्गुन २०८२, मंगलवार
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: सूचना प्रविधि क्षेत्रका पूर्वाधार निर्माणमा विदेशी लगानीलाई सहजीकरण गरिने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सूचना प्रविधिका पूर्वाधारमा विदेशी लगानी सहजीकरण गरिने जनाएको छ।

राष्ट्र बैंकले डाटा सेन्टर, क्लाउड कम्प्युटिङ्ग, रोबिटक्स ल्याब र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गरिने उल्लेख गरेको छ।

यसका साथै, त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सहवित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गरिनेछ ।

यसैगरी, विद्युतीय भुक्तानी कारोबारलाई थप प्रोत्साहित गर्न चेकमार्फत हुने कारोबार घटाउँदै लैजाने रणनीति अवलम्बन गरिने मौद्रिक नीतिमा उल्लेख छ।

समीक्षामार्फत केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु र साना उद्यममा लागू गरिएको क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई समेत समेटिने भएको छ।

समीक्षामा हालै स्वीकृत दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३–२०८६/८७) मा उल्लेखित केन्द्रीय बैंकसँग सम्बन्धित कार्यक्रमहरू चरणबद्ध रूपमा कार्यान्वयन गरिने पनि जनाइएको छ।

प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार