ग्यालेक्सी एस२६ अल्ट्राको एस पेनमा ब्लुटुथ सुविधाहरूको अभाव हुने

  • Technology Khabar | १२ फाल्गुन २०८२, मंगलवार
ग्यालेक्सी एस२६ अल्ट्राको एस पेनमा ब्लुटुथ सुविधाहरूको अभाव हुने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ग्यालेक्सी एस२६ अल्ट्राको एस पेनमा ब्लुटुथ सुविधाहरू उपलब्ध नहुने भएको छ। गत वर्ष, सामसङले ग्यालेक्सी एस२५ अल्ट्राको एस पेनबाट ब्लुटुथ क्षमताहरू हटाउने विवादास्पद कदम चालेको थियो।

एस२६ अल्ट्राको नयाँ ह्यान्ड्स–अन भिडियोले डिभाइसको एस पेनमा फेरि एक पटक ब्लुटुथ फङ्गसन्यालिटीको अभाव हुने र केवल स्टाइलसको रूपमा काम गर्नेछ भनि देखाएको छ। भिडियो युट्युबर साहिल कारौलमार्फत बहिरिएको र उनले आधिकारिक रुपमा घोषणा हुनुभन्दा अघि ग्यालेक्सी एस२६ अल्ट्रा युनिट खरिद गर्न सफल भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

विगतका ब्लुटुथ–इनेबल्ड एस पेनहरूले प्रयोगकर्ताहरूलाई क्यामरा एपको लागि रिमोट शटर, ग्यालरीमा तस्बिरहरू स्वाइप गर्ने वा प्रस्तुतीकरण स्लाइडहरू नियन्त्रण गर्ने जस्ता सबै प्रकारका कार्यहरूको लागि स्टाइलसलाई सानो रिमोटको रूपमा प्रयोग गर्न अनुमति प्रदान गर्ने गरेको थियो।

एस२५ अल्ट्राको एस पेनबाट ब्लुटुथ फङ्गसन्यालिटी हटाउने खबरसँगै सामसङले आफ्नो ग्यालेक्सी एस अल्ट्रा लाइनमा स्टाइलस समर्थनलाई पूर्ण रूपमा छोड्न खोजिरहेको हुन सक्छ भन्ने अफवाहहरू पनि फैलिएको तर भाग्यवश एस२६ पुस्ताको लागि त्यो सत्य नभएको उल्लेख गरिएको छ।

प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

एप्पल आईफोन १७ई बाट के आशा गर्ने

  • Technology Khabar
  • १२ फाल्गुन २०८२, मंगलवार