ओपनएआई र एन्थ्रोपिक मालिकहरू बीच स्पष्ट तनाव – फोटो खिच्दा एक अर्काको हात समात्न अस्वीकार गरे

  • Technology Khabar | १२ फाल्गुन २०८२, मंगलवार
ओपनएआई र एन्थ्रोपिक मालिकहरू बीच स्पष्ट तनाव – फोटो खिच्दा एक अर्काको हात समात्न अस्वीकार गरे
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

भारतमा एआई इम्प्याक्ट समिटमा समूहिक फोटो खिच्ने क्रममा एउटा अनौठो र सबैले सजिलै देख्नुका साथै याद गर्न सक्ने घटना घटेको छ। उक्त सम्मेलनमा समूहिक फोटो खिच्ने क्रममा ओपनएआईका सीईओ साम अल्टम्यान र एन्थ्रोपिकका सीईओ डारियो अमोदेईले एक अर्काको हात समात्न अस्वीकार गरेका छन्।

कडा रुपमा एआईतर्फ प्रतिस्पर्धा गरिरहेका उक्त दुई एआई कम्पनीहरूको प्रतिनिधित्व गर्ने दुई कार्यकारीहरूले फोटो खिच्नको लागि निर्णय गर्नु अघि कुनै एक क्षणमा उनीहरु बीच अन्योलता देखिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दाँया र बाँया छेउमा रहेकाहरूको हात समातेर फोटो खिच्नको लागि क्यामराअघि उठाएको देख्न सकिन्छ।

अल्टम्यान र अमोदेईले भने हात मिलाउन अस्वीकार गरेको र फोटोको लागि दुवैले आफ्नो मुट्ठी उठाएको उल्लेख गरिएको छ।

साथै उक्त क्लिप सामाजिक सञ्जालमा द्रुत रूपमा फैलिएको छ।

आमोदेईले २०२१ मा आन्तरिक असहमति पछि ओपनएआई छोडेर पछि एन्थ्रोपिक स्थापना गरेका हुन्।

आजको दिनमा एन्थ्रोपिकका क्लाउड मोडेलहरूले सबैभन्दा शक्तिशाली एआई प्रणालीहरू निर्माण गर्ने दौडमा ओपनएआईको जीपीटीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दछ।

प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार