मेटाले मेसेन्जर डट कम बन्द गर्ने, प्रयोगकर्ताहरू फेसबुक म्यासेजेजमा फर्कने

  • Technology Khabar | ११ फाल्गुन २०८२, सोमबार
मेटाले मेसेन्जर डट कम बन्द गर्ने, प्रयोगकर्ताहरू फेसबुक म्यासेजेजमा फर्कने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

मेटाले अप्रिल २०२६ मा मेसेन्जर डट कम साइट स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। यो कदमले गर्दा प्रयोगकर्ताहरूले फेसबुक डट कम/म्यासेजेज वा मोबाइल डिभाइसहरूमा मेसेन्जर एप मार्फत आफ्नो कुराकानी जारी राख्न बाध्य हुनेछन्।

यो निर्णय पुरानो डेस्कटप म्यासेजिङ विकल्पहरू हटाएर म्यासेजिङ सर्भिसेस (सन्देश सेवाहरू)लाई एकीकृत गर्ने र प्रयोगकर्ता अनुभवलाई सरल बनाउने मेटाको रणनीतिको अंश भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

साथै यो साइट बन्द भएपछि मेसेन्जर डट कम पहुँच गर्न खोज्ने प्रयोगकर्ताहरूलाई स्वचालित रूपमा फेसबुक गृहपृष्ठमा रिडिरेक्ट गरिनेछ।

फेसबुक खाता बिना मेसेन्जर प्रयोग गर्ने प्रयोगकर्ताहरूहरूका लागि मोबाइल एप मार्फत कुराकानी जारी राख्न सकिने र प्रयोगकर्ताको सेभ गरिएको पीआईएन (पिन) मार्फत च्याट हिस्ट्रि पुनर्स्थापित गर्न सकिने छ।

यो कदम मेटाको सामाजिक प्लेटफर्महरूलाई थप एकीकृत गर्ने दिशामा तार्किक कदम भएको प्रविधि विज्ञहरूको भनाइ रहेको छ भने प्रयोगकर्ताहरूले साइट बन्द हुनु अघि परिवर्तनहरूमा अनुकूलन गर्नुपर्नेछ।

प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...