एप्पलले स्याटेलाइट कनेक्टिभिटी बढाउने विशेष आईफोन केसमा काम गरिरहेको हुन सक्ने

  • Technology Khabar | ११ फाल्गुन २०८२, सोमबार
एप्पलले स्याटेलाइट कनेक्टिभिटी बढाउने विशेष आईफोन केसमा काम गरिरहेको हुन सक्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले २०२४ मा “इलेक्ट्रोनिक डिभाइस र स्याटेलाइट कम्युनिकेसन क्षमताहरू भएको केस” को लागि दायर गरेको पेटेन्ट आवेदन अहिले भर्खरै बाहिर आएको छ। मूलतः यो केसमा रहेका धेरै राम्रा एन्टेनाहरूले स्याटेलाइट कनेक्टिभिटी बढाउन सक्ने उल्लेख गरिएको छ।

यो केस आईफोनहरूको साथै आईप्याडहरूको लागि बनाइने बताइएको छ। केसको एउटा भाग राम्रो स्याटेलाइट सिग्नल प्राप्त गर्नको लागि इनटर्नल फेज्ड एन्टेना एरेलाई आकाशतिर ठडिने गरी खुला रुपमा फ्लिप हुनेछ।

साथै यसले एन्टेनाहरू रहने वास्तविक भागलाई नछोएको अवस्थामा र फोन छुँदा स्याटेलाइट सिग्नल ब्लक हुने छैन भन्ने पनि सुनिश्चित गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यस्तो प्रकारको एन्टेना एरेको साथ केस स्याटेलाइटहरूको सम्पूर्ण समूहमा जडान गर्न सक्षम हुनेछ। यो केसलाई अन्य सामान्य केसहरूलाई जस्तै प्रयोगकर्ता आफैँले स्थापना गर्न र हटाउन सक्ने छन्।

आफ्नो पेटेन्ट आवेदनमा, यसले “रेडियो–फ्रिक्वेन्सी कनेक्टर मार्फत हटाउन सकिने केसको साथ वायरलेस डाटा” वा एनएफसी जस्ता विभिन्न अन्य विकल्पहरू प्रदान गर्न सक्छ भन्ने एप्पलले अनुमान लगाएको छ।

यस्तो प्रकारको पेटेन्ट फाइलिङको बारेमा बुझ्नपर्ने कुरा के हो भने एप्पल जस्ता कम्पनीहरूले नियमित रूपमा तिनीहरूलाई धेरै उत्पादनहरूको लागि सिर्जना गर्ने गर्दछन्। तर तिनीहरू कहिले काहीँ बजारमा प्रस्तुत नहुने गरेको घटनाहरु पनि प्रशस्त देखिएका छन्।

तिनीहरू ‘अवधारणाको प्रमाण’ बढी र ‘वास्तविक विकासमा रहेका उत्पादनहरू’ कम हुन् भनि थप उल्लेख गरिएको छ। साथै तिनीहरूले वास्तविक उत्पादनहरूतर्फ डोर्याउन सक्ने उल्लेख गरिएको तापनि धेरैजसोले त्यसो नगर्ने बताइएको छ।

त्यसैले स्याटेलाइट कनेक्टिभिटी बढाउने विशेष आईफोन केसको बारेमा सुन्दा अलि रोचक लागे पनि, एप्पलले यो केस लन्च गर्नेछ वा छैन भन्ने कुराको निश्चितता नभएको उल्लेख गरिएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार