२०२५ को चौथो त्रैमासमा यूरोपको स्मार्टफोन ढुवानीमा सामान्य वृद्धि, कठिन समय आउन बाँकीः काउन्टरपोइन्ट

  • Technology Khabar | ११ फाल्गुन २०८२, सोमबार
२०२५ को चौथो त्रैमासमा यूरोपको स्मार्टफोन ढुवानीमा सामान्य वृद्धि, कठिन समय आउन बाँकीः काउन्टरपोइन्ट

काठमाडौं ।

२०२५ को अन्तिम तीन महिना युरोपमा स्मार्टफोन ढुवानीको लागि राम्रो सावित भएको छ। २०२४ को चौथो त्रैमासिकको तुलनामा २०२५ को चौथो त्रैमासिकमा युरोपेली स्मार्टफोन बजार २ प्रतिशतले बढेको छ।

काउन्टरपोइन्ट रिसर्चको २०२५ को चौथो त्रैमासिक स्मार्टफोन बजार मनिटरका अनुसार एप्पल युरोपमा अग्रणी ब्रान्ड बन्न सफल भएको र सबै ढुवानीको अनुमानित ३३ प्रतिशत हिस्सा ओगटेको रिपोर्ट गरिएको छ।

आईफोन १७ सिरिजको बलियो मागका कारण अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले ढुवानी वृद्धि भएको छ। रिपोर्टले पूर्वी युरोपमा १७ सिरिजको लागि बलियो मागलाई रेखांकित गरेको छ।

सामसङ २९ प्रतिशत बजार हिस्सा र ढुवानीमा ४ प्रतिशत वृद्धिको साथ दोस्रो स्थानमा रहेको छ भने शाओमी अनुमानित १६ प्रतिशत बजार हिस्साको साथ तेस्रो स्थानमा रहेको छ। उक्त अवधिमा शाओमी १५टी सिरिजको कम मागको कारण शाओमीले ढुवानीमा ६ प्रतिशत गिरावट बेहोरेको छ।

अनरले युरोपेली बजारमा सबै ढुवानीको अनुमानित ४ प्रतिशतको लागि योगदान पुर्याएको र पश्चिमी युरोपभरि बलियो गतिले गर्दा प्रभावशाली १८ प्रतिशत वृद्धि गरेको छ। सो अवधिमा सबै ढुवानीको ३ प्रतिशतको साथ रियलमी पाँचौं स्थानमा रहेको छ। तर ब्रान्डले २०२४ को चौथो त्रैमासिकको तुलनामा ढुवानीमा २१ प्रतिशत गिरावट बेहोरेको छ।

आगामी दिनहरुमा, चलिरहेको मेमोरी चिप संकटले २०२६ मा बजारमा उथलपुथल ल्याउने र मागमा उल्लेखनीय संकुचन हुने अनुमान गरिएको छ। इन्ट्रि–लेभल बजारमा उच्च निर्भरता भएका ब्रान्डहरूले सबैभन्दा ठूला चुनौतीहरूको सामना गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार