
काठमाडौं ।
सामसङले फेब्रुअरी २५ मा आयोजना गर्ने अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी एक्स २६ डिभाइसहरूले आफ्नो डेब्यू गर्नेछन्। साथै ग्यालेक्सी बड्स४ र ग्यालेक्सी बड्स ४ प्रो अनावरण गर्दैछ। बड्स ४ र बड्स ४ प्रो सम्बन्धी विभिन्न रेन्डरहरू समावेश रहेका धेरै लीकहरू पहिले नै देखा परिसकेका छन्।
एक्समार्फत एक प्रयोगकर्ताले प्रदर्शन उद्देश्यका लागि खुद्रा पसलहरूमा ढुवानी गरिएको ग्यालेक्सी बड्स ४ र ग्यालेक्सी बड्स ४ प्रोको डमी युनिटहरू देखाउने तस्बिरहरू खिचेको दाबी गरेका छन्।
तस्बिरहरूमा देख्न सकिने बड्सको स्टीममा रहेको मेटालिक फिनिश सम्भवतः तिनीहरूलाई एयरपड्स बाट फरक पार्नको लागि भएको हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
बड्स ३ र बड्स ३ प्रो जस्तै बड्स ४ आधा वा सेमि इन–एयर हुनेछन् भने बड्स४ प्रो भने सिलिकन टिप्सको साथ (जुन बड्स ४ मा छैन) पूर्ण रूपमा इन–एयर हुनेछन्। त्यसैले बड्स ४ एयरपड्स जस्तै र बड्स ४ प्रो एयरपड्स प्रो जस्तै हुनेछन्।
त्यसैगरी बड्स ४ मा ४२ एमएएच ब्याट्री र बड्स ४ प्रोमा ५७ एमएएच ब्याट्री हुने चर्चा रहेको छ। दुबै बड्समा नयाँ पिन्च–एण्ड–होल्ड जेस्चर र इन्टरप्रेटर मोड हुनेछ। बड्स ४ को मूल्य १७९ यूरो र बड्स ४ प्रो को मूल्य २४९ यूरो हुनेछ।
प्रकाशित: १० फाल्गुन २०८२, आईतवार