गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar | ८ फाल्गुन २०८२, शुक्रबार
गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गुगलको वार्षिक विकासकर्ता सम्मेलन आगामी मे महिनाको १९ र २० तारिखमा हुँदैछ। सधैँ जस्तै कार्यक्रम क्यालिफोर्नियाको माउन्टेन भ्यूको शोरलाइन एम्फीथिएटरमा आयोजना हुनेछ र मे १९ मा बिहान १० बजे (५ बजे यूटीसी–कोअर्डीनेटेड युनिभर्सल टाइम) सुरु हुने तालिका रहेको छ।

गुगललेसबै कीनोट्स (मुख्य टिप्पणीहरू), डेमोहरू र विकासकर्ता सत्रहरू प्रत्यक्ष प्रसारण गर्ने पुष्टि गरेको छ।

गुगलले सम्मेलनमा जेमिनी एआई, एन्ड्रोइड, क्रोम र क्लाउडमा अपडेटहरू अनावरण गर्ने योजनाको पनि पुष्टि गरेको छ। प्रायः एआई वरिपरि केन्द्रित रहेको गत वर्षको आई/ओ कार्यक्रममा प्रो र फ्ल्यास जेमिनी मोडेलहरूका साथै इमेजेन ४ इमेज जेनेरेटर र भिओ ३ एआई भिडियो जेनेरेटरको नयाँ रिलीजहरू प्रस्तुत गरिएका थिए।

यो वर्षको आई/ओ ले जूनमा आफ्नो स्थिर रिलीज हुनुभन्दा अगाडि एन्ड्रोइड १७ (कोडनेम सिनामन बन) को झलकसँगै एआई मोडेल घोषणाहरूमा समान ध्यान केन्द्रित गर्ने सम्भावना छ।

साथै एन्ड्रोइड एक्सआर, वेयर ओएस, एन्ड्रोइड टभी साथै गुगल वर्कस्पेस जस्ता अन्य प्लेटफर्महरूमा पनि केही अपडेटहरू प्राप्त गर्नुपर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार