सामसङले एआई भिडियोको साथ ग्यालेक्सी एस२६ अल्ट्राको लो–लाइट क्यामराको विज्ञापन गर्यो

  • Technology Khabar | ७ फाल्गुन २०८२, बिहीबार
सामसङले एआई भिडियोको साथ ग्यालेक्सी एस२६ अल्ट्राको लो–लाइट क्यामराको विज्ञापन गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले हालै आफ्नो आगामी ग्यालेक्सी एस२६ अल्ट्राको लो–लाइट फोटोग्राफीको बारेमा जानकारी गराएको थियो। अमेरिकामा कम्पनीको शाखाले अब फोनको लो–लाइट भिडियो रेकर्डिङ क्षमताहरूको बारेमा जानकारी दिने छोटो भिडियो जारी गरेको छ।

उक्त टिजर भिडियो आफैँ “एआई उपकरणहरूको सहयोगमा उत्पन्न गरिएको” भनी कम्पनीले उल्लेख गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

कम्पनीले हाल जारी गरेको उक्त भिडियो रोचक देखिन्छ। तर यो सुविधा कति राम्रो छ भनेर देखाउने नै हो भने सामसङले एआई–एसिस्टेड भिडियोको सट्टा ग्यालेक्सी एस२६ अल्ट्राबाट लो–लाइट कन्डिसन (कम प्रकाश) मा खिचिएको भिडियो किन साझा गर्दैन भन्ने प्रश्न उठेको छ।

भिडियोको एक बिन्दुमा “क्यान योर फोन डु द्याट?” भनेर सोधिएको छ। तर यो एआईको सहायताबाट निर्मित भिडियो भएकोले स्पष्ट रूपमा एस२६ अल्ट्राले पनि “त्यसो” गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न उठेको छ। साथै यो भिडियो एकदमै भ्रामक भएको र कम्पनीको नियत राम्रो भएको हुनाले आखिरमा कम्पनीले एआई “एसिस्टेन्स” भनेर खुलासा गरेको बताइएको छ भने फोनले त्यसो गर्न नसक्ने उल्लेख गरिएको छ।

एआई प्रयोग गरेर निर्माण गरिएको भिडियो भन्दा एस२६ अल्ट्राको वास्तविक लो–लाइट भिडियो रेकर्डिङ पर्फर्मेन्स राम्रो हुने आशा गरिएको छ। फोन फेब्रुअरी २५ मा ग्यालेक्सी एस२६ र ग्यालेक्सी एस२६+ सँगसँगै आधिकारिक रुपमा अनावरण गरिनेछ र तीनओटै डिभाइसहरूको पूर्ण स्पेक सिट युरोपेली मूल्य निर्धारण सहित लीक भएको छ।

प्रकाशित: ७ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार