एनभिडियाका सीईओ हुआङ इण्डिया एआई इम्प्याक्ट समिटमा सहभागी नहुने

  • Technology Khabar | ४ फाल्गुन २०८२, सोमबार
एनभिडियाका सीईओ हुआङ इण्डिया एआई इम्प्याक्ट समिटमा सहभागी नहुने

काठमाडौं ।

एनभिडियाका सीईओ जेन्सन हुआङ अर्को साता भारतमा आयोजना हुने इण्डिया एआई इम्प्याक्ट समिटमा सहभागी नहुने कम्पनीले जनाएको छ।

हुआङ उक्त सम्मेलनका प्रमुख आकर्षणमध्ये एक मानिएका थिए। सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गर्ने अपेक्षा गरिएको छ जहाँ विश्व प्रविधि उद्योग र राजनीतिक क्षेत्रका शीर्ष नेताहरू सहभागी हुने सम्भावना रहेको रोयटर्सले उल्लेख गरेको छ।

हुआङले बुधबार नयाँ दिल्लीमा सञ्चारमाध्यमसँग संवाद गर्ने कार्यक्रम पनि तय गरिएको थियो। तर भारतस्थित कम्पनीको मिडिया एजेन्सी एमएसएलले इमेलमार्फत “अप्रत्याशित परिस्थितिका कारण” उनी भारत भ्रमणमा नआउने जानकारी दिएको छ।

प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार